ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक अर्बको लगानीमा स्थापित प्रदेश १ कै ठूलो सिमेण्ट उद्योगबाट उत्पादन शुरु हुंदै

Nov 22, 2018  
बजार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
मङ्सिर ६, विराटनगर । नेपाल अल्ट्राटेक सिमेण्ट प्रा.ली.ले पूर्वी नेपालको सिमेण्टको मागलाई सर्वसुलभ र सहज बनाउन मोरङको बुढीगंगा गाँउपालिकामा बन्धन सिमेण्ट उद्योग सञ्चालनमा आउने भएको छ । प्रदेश नम्बर १ कै सबैभन्दा ठूलो र अत्याधुनिक सिमेण्ट उद्योगका रूपमा नेपाल प्रा.लि.ले अब केहिदिनमा ‘बन्धन’ ब्राण्डमा व्यावसायिक उत्पादन शुरु गर्ने भएको हो । असोजबाटै उत्पादन शुरु गर्ने तयारी गरिएपनि चाडबाड तथा केही प्राविधिक कारणले उत्पादन मिति सरेको उद्योग सञ्चालकले बताएका छन् । विराटनगरका युवा व्यवसायी मनीष मारू र हरिवंश राठीको एक अर्बको संयुक्त लगानीमा नयाँ सिमेण्ट उद्योग आउन लागेको हो । सञ्चालक मारूले नेपाल अल्ट्राटेकजस्तो अत्याधुनिक प्रविधिको सिमेण्ट उद्योग प्रदेश नम्बर १ मा हालसम्म नभएको दाबी गरेका छन् । मारूले उद्योगमा अत्याधुनिक मेशिन, विद्युतीय उपकरण र लोडिङ–अनलोडिङ मेशिन प्रयोग गरिएको बताए । उद्योगबाट ओपिसी, पिपिसी र पिएससी गरी तीन प्रकारकै सिमेण्ट दैनिक २५ हजार बोरा अर्थात् १ हजार मेट्रिक टन ‘बन्धन’ सिमेण्ट उत्पादन गर्ने रहेको उनले जानकारी दिए । आफ्नै खानी नभएको यस उद्योगले क्लिङ्कर र अन्य कच्चा पदार्थ नेपालभित्र, भारत वा तेस्रो मुलुक जहाँ सस्तो पर्छ त्यहीँबाट पैठारी गर्ने तयारी गरेको छ । कच्चा र तयारी मालसामान अटोमेटिक मेशिनबाटै लोडिङ–अनलोडिङ गरिने उनले बताएका छन् । उद्योगले तत्काल १ सय जनालाई रोजगारी दिनेछ । उद्योगले तयारी माल भण्डारण गर्न छुट्टै साइलु(भण्डारण कक्ष)को निर्माण गरेको मारूले बताए । साइलुमा राखिएको सिमेण्ट लामो समय नबिग्रने र यसभित्र ओस तथा हावा नपस्ने उनको भनाइ छ । उद्योगको साइलुमा १२ हजार मेट्रिक टन सिमेण्ट सुरक्षित राख्न सकिने उनको दाबी छ । नेपाल अल्ट्राटेकबाट उत्पादित सिमेण्टको बजार प्रदेश १ र २ रहेको पनि कम्पनीको भनाई छ । सिमेण्ट उद्योगमा बल्क लोडिङ प्रणालीको प्रयोग भएकाले बोरामा प्याकिङ नगरेको खुला सिमेण्ट पनि खरीद गर्न सकिनेछ । यसबाट ठूला योजनाको निर्माण लागत पनि घट्न जाने र समयकोसमेत बचत हुने उद्योगको दावी छ । सञ्चालक मारू पेट्रोलियम र हार्डवेयरका व्यवसायी हुन् । अर्का साझेदार हरिवंश विराटनगरको पूरानो चामल र तेल उद्योग चन्द्रशिव राइस मिल र चन्द्रशिव आयल मिलका सञ्चालक हुन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)