ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बफादार कर्मचारीले बढी तलब पाउने !

Aug 6, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बफादार र विश्वसनीय कर्मचारीको कदर जहाँ पनि हुने र त्यस्ता व्यक्तिहरुको मेहनतले कम्पनीलाई नाफा हुने सर्वविदितै छ । हालै गरिएको एक अध्ययनलेयो तथ्यलाई थप पुष्टि गर्दै अन्य कर्मचारीको तुलनामा बफादार कर्मचारीले प्रगति पनि चाँडै नै हासिल गर्ने गरेको पाइएको छ । अमेरिकास्थित मिसिगन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले बफादार कर्मचारीले बढी तलब पाउने सम्भावना कम बफादार कर्मचारीको तुलनामा निकै बढी हुने तथ्य पत्ता लगाएका छन् ।

अनुसन्धानकर्ताहरुले सन् १९९० को दशकमा पूँजीवादी अर्थतन्त्रको शुरूआत गरेका पूर्वसमाजवादी राष्ट्रका १० हजार ८ सय कर्मचारीबीचमा गरिएको सर्वेक्षणले सो कुरा देखाएको हो । अनुसन्धानकर्ताहरुले अर्मेनिया, अजरबैजान, काजाखस्तान, किर्गिस्तान, रुस र सर्भियाजस्ता सांस्कृतिक र आर्थिक भिन्नता भएका राष्ट्रका सन् २००५ देखि सन् २०११ सम्मका कर्मचारीबीचमा यो अध्ययन गरेका थिए । म्यानुफ्याक्चरिङ, खुद्रा तथा आर्थिक सेवा, स्वास्थ्य, शिक्षा, निजीक्षेत्र, निर्माण तथा यातायात क्षेत्रका कर्मचारीहरु यस सर्वेक्षणमा सहभागी थिए ।

यसभन्दा अघि गरिएका केही अध्ययनले कर्मचारी बफादार भएमा यसले कम्पनीको लागत घटाउन सहयोग पुर्‍याउनुका साथै ग्राहक सेवामा पनि बढावा दिने तथ्यहरु सार्वजनिक भएका थिए । तर, यस अध्ययनअनुसार कर्मचारीको बफादारीले कम्पनीलाई मात्र नभई कर्मचारी आफैले पनि बढी पैसा कमाएर फाइदा लिन सक्ने प्रमुख लेखक तथा अर्थशास्त्रका प्राध्यापक सुसान लिन्जले बताइन् । ‘बफादार कर्मचारीबाट कम्पनीले आर्थिक नाफा गर्ने त सबैलाई थाहै छ तर त्यो नाफा कम्पनीले कर्मचारीलाई बाँड्ने गरेका छन् कि छैनन् भन्नेचाहिँ हाम्रो अध्ययनको उद्देश्य हो,’ लिन्जले भनेकी छिन् । ‘अध्ययनमा समावेश भएका ६ सय ५० कार्यस्थलमा कम्पनीको सम्पत्ति कर्मचारीलाई पनि बाँड्ने गरेको पाइयो, ’उनले बताइन् ।

अध्ययनमा बफादारीलाई तीन तरीकामा विभाजन गरिएको थियो– कार्यस्थलको वरिष्ठता, रोजगारी परिवर्तन गर्न गरेको बढी पैसाको प्रस्तावप्रति कर्मचारीको धारणा र कर्मचारीलाई कम्पनीसँग आबद्ध रहन कुनै प्रतिबद्धात्मक बाध्यता । कर्मचारीको बफादारी र उच्च आम्दानीबीचको बलियो सम्बन्धप्रति आफू आश्चर्यमा परेको लिन्जले बताइन् । कुनै पनि कर्मचारीमा बोनस कमाउन वा नयाँ कौशल सिक्ने इच्छा हुँदा उनीहरु बढी बफादार रहने अध्ययनमा पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)