ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल र कम्बोडिया हवाई सेवा सम्झौताको तयारी

Nov 28, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालले कम्बोडियासँग हवाई सेवा सम्झौता गर्ने तयारी गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन यही मङ्सिर १३ गते नेपालको औपचारिक भ्रमणमा आउन लागेको समयमा त्यस्तो सम्झौता हुनसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार हुन सेनसँगै त्यहाँका उड्डयन मन्त्री पनि नेपाल आउँदै छन् । मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार सो समयमा हवाई सेवा सम्झौतापछि तत्कालै उडान थाल्ने हो भने दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर हुन पनि सक्छ । समझदारीपत्रमा साप्ताहिक उडान सङ्ख्या, उडान गर्ने विमान, रूटलगायत सबै विषय उल्लेख हुनेछन् । आचार्यले भने, ‘अहिले साताको न्यूनतम ७ देखि अधिकतम १४ उडानको समझदारी हुनसक्छ ।’ मन्त्रालयको काठमाडौं–कम्बोडिया सीधा उडानका लागि मात्र समझदारी गर्ने तयारी छ । हवाई सम्झौताका लागि कम्बोडिया पनि सकारात्मक रहेको आचार्यले बताए । नेपाल र कम्बोडियाबीच सम्झौता भई सेवा सञ्चालन भएमा त्यसले नेपालको पर्यटन क्षेत्रको विकासमा पनि सघाउ पुग्नेछ । कम्बोडिया बौद्ध, हिन्दू र मुस्लिम धर्मावलम्बी भएको देश हो । त्यहाँ विश्वकै सबैभन्दा ठूलो हिन्दू मन्दिरसमेत रहेको स्रोतले बताएको छ । ‘ओपन स्काई’ अष्ट्रेलियाको शर्त तर, अष्ट्रेलियासँगको हवाई सम्झौतामा भने समस्या देखिएको छ । अष्ट्रेलियाले खुला आकाश ‘ओपनस्काई’को प्रस्ताव गरेकाले समस्या देखिएको सहसचिव आचार्यले बताए । उनका अनुसार अन्य देशसँग गरिएकोजस्तै सम्झौता गर्न नेपालले प्रस्ताव गरेकोमा अस्ट्रेलियाले ‘ओपनस्काई’को प्रस्ताव गरेको हो । ‘ओपनस्काई’ सम्झौताअन्तर्गत दुवै देशले एकअर्काको जुनसुकै विमानस्थल र जतिसुकै विमान पनि उडान गर्नसक्छन् । उनले भने, ‘हाम्रो विमानस्थलको अवस्थाका कारण उनीहरूको प्रस्ताव अहिले स्वीकार गर्न सकिने अवस्था छैन ।’ पछिल्लो समय धेरै नेपाली सिड्नी, मेलबर्नलगायत शहरमा बढी आउजाउ गर्न थालेपछि नेपाल अष्ट्रेलियासँग हवाई सम्झौता गर्न इच्छुक भएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)