ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिंहदरबारभित्रै हुँदैन एकीकृत ढङ्गले काम : भूमिगत ‘केबलिङ’ ४ वर्षमा पनि अधुरो

Dec 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रका तार भूमिगत गर्ने काम (अण्डरग्राउण्ड केबलिङ) ४ वर्ष बितिसक्दा पनि अभैm सकिएको छैन । सम्बन्धित पक्षहरूबीच समन्वय गरी एकीकृत ढङ्गले काम नगर्नाले आधा काम बाँकी नै रहन गएको छ । विसं २०७० देखि शुरू भएको यो कार्य दूरदृष्टियुक्त योजनाविनै अघि बढाइएको देखिन्छ । हालसम्म ८ सय मिटर काम सकिएको छ । तर, सकिएको जतिमा विद्युत् चार्ज गर्ने विषयमा सरोकारवाला दुई निकायको सहमति जुट्न सकेको छैन । सिंहदरबारभित्रका भौतिक संरचना निर्माण, मर्मत तथा व्यवस्थापनको जिम्मेवारी सम्भालेको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले यो काम अघि बढाएको हो । यसमा नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सहयोग पुर्‍याएको छ । प्राधिकरणको सहमतिमा सिङ्गल सर्किट लाइन बिछ्याएको कार्यालय, अहिले प्राधिकरणले नै लाइन नजोडिदिएको गुनासो बोकेर बसेको छ । तत्कालीन अवस्थामा जे–जस्तो सहमति भएको भए पनि डबल सर्किट (एउटामा समस्या आए अर्को चालू गर्न मिल्ने) तार नबिछ्याई बाहिरी तार (ओभरहेड लाइन) हटाएर भूमिगत तारको भरमा विद्युत् चालू गर्न उपयुक्त नरहेको प्राधिकरणको तर्क छ । डबल सर्किट बिछ्याउने काम सकिएर भूमिगतरूपमा विद्युत् प्रवाह गरे पनि ट्रान्समिटर भूमिगत गर्ने योजना भने परियोजनामा छैन । यसका कारण पोलमा जडान हुने ट्रान्समिटरमा जोडिने तार बाहिरै निस्किने छन् । प्राथमिकतामा परेन पहिलो वर्ष २०७० सालमा शहरी विकास, भौतिक पूर्वाधार र महिला तथा बालबालिका मन्त्रालयका लागि भूमिगत केबलिङ सकिएको थियो तर २०७१ सालमा काम ठप्प रह्यो । त्यसपछि २०७२ साल र २०७४ सालमा काम भएका छन् । दुईपटक गरी अर्थ, परराष्ट्र, ऊर्जा, शान्ति, उद्योग, कृषि, सञ्चार मन्त्रालय, नेपाल टेलिभिजन र प्रधानमन्त्री कार्यालयसम्म भूमिगत केबलिङ पुगिसकेको छ । योजनाबद्ध रूपमा एकैपटक आवश्यक पूरै रकम छुट्याई काम अघि नबढाउनाले वर्ष बिराई काम अघि बढिरहेको हो । यसले गर्दा परियोजनाको कुल लागत कति हो भन्नेसमेत यकिन छैन । हालै मुख्यसचिवद्वारा सचिवहरूको छलफल राखी काम सम्पन्न गर्न आवश्यक बजेट अर्थ मन्त्रालयसँग माग्ने निर्णय भएको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । ....सक्यो, दैलो देख्यो बिजुलीको तार बाहिर हुँदा फोहोर देखिएका कारण भूमिगत गर्ने उद्देश्यका साथ उक्त परियोजना थालिएको कार्यालयका तत्कालीन प्रमुख गिरिजाप्रसाद गोर्खाली बताउँछन् । काम अघि बढाउँदा शुरूमा विद्युत्को सरोकारवाला पक्ष प्राधिकरणसँग समन्वय गरे पनि टेलिफोन, इण्टरनेट सेवा प्रदायक तथा सीसीटीभीका सरोकारवाला पक्षसँग समन्वय भएको थिएन । परिणामतः आधाभन्दा बढी क्षेत्रमा तार भूमिगत गर्ने काम सकिएपछि अन्य तार पनि भूमिगत गराउनुपर्ने होश आएको छ । यसकारण हालै सबै पक्षसँग छलफल र समन्वय अघि बढेको कार्यालयले जानकारी दिएको छ ।
यो आर्थिक वर्षभित्र काम अघि बढ्छ अमरबहादुर थापा सिनियर डिभिजनल इञ्जिनीयर, सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय थोरैथोरै बजेटका कारण ४ वर्ष बितिसक्दा पनि अण्डरग्राउण्ड केबलिङको काम नसकिएको हो । विद्युत्को लाइन मात्रै भूमिगत गरेर पनि भएको छैन । यसमा टेलिफोन, सीसीटीभीलगायत तारलाई पनि एउटै पाइपमा हालेर लैजानुपर्छ । अनि मात्रै अण्डरग्राउण्ड केबलिङको उद्देश्य पूरा हुन्छ । यसका लागि सबै पक्षसँग छलफल गरिसकेका छौं । त्यसपछि बाँकी रहेको जति काम एकै पटकमा सक्ने निर्णय पनि भइसकेको छ । अब ठेकेदार छनोट थाली फागुनसम्ममा खरीद प्रक्रियामा जाने र यो आर्थिक वर्षभित्र बाँकी रहेको काम थालनी हुनेछ । डबल सर्किट नराखी ओभरहेड हटाउन मिल्दैन प्रबल अधिकारी प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण सिंहदरबारलाई ओभरहेड लाइनबाट मुक्त गर्ने अभियानस्वरूप यो काम थालिएको हो । परियोजनाको सबै काम सकिएको छैन । त्यहाँबाट भूमिगत तारमा विद्युत् छोडेर बाहिरी तार हटाइदिन भन्नुभएको छ । तर, भूमिगतमा अहिले सिङ्गल लाइन मात्रै तार राखिएको छ । डबल लाइन नराखी बाहिरका तार हटाउँदा केही गरी सिङ्गल लाइनमा समस्या आयो भने कहाँ के समस्या आयो पत्ता लगाएर समाधान गरुन्जेल केही घण्टादेखि केही दिनसम्मै पनि सिंहदरबार विद्युत्विहीन हुनसक्छ । सिंहदरबारजस्तो देशको प्रमुख शक्ति केन्द्रमा २४सै घण्टा विद्युत् नटुटाई दिने व्यवस्था हुनुपर्छ । भूमिगतमा डबल सर्किट राखेर मात्रै बाहिरी लाइन हटाउँछौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)