ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जापानी राष्ट्रिय ऋण १ क्वाड्रिलियन येन

Aug 11, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

साउन २६, टोकियो (जापान) । जापानको राष्ट्रिय ऋणको आकार १ क्वाड्रिलियन येन नाघेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानी अर्थ मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०१३ को जुन महीनाको अन्त्यसम्म राष्ट्रिय ऋण १ दशमलव ००८ क्वाड्रिलियन येन रहेको छ । त्यहाँको चालू विनिमय दरका आधारमा ऋणको यो आकार करीब १० दशमलव ४२ ट्रिलियन डलर हो ।

त्यसैगरी, सन् २०१३ को पहिलो त्रैमासको तुलनामा अप्रिल–जुन अवधिको ऋण १ दशमलव ७ प्रतिशत बढी हो । यसलाई प्रधानमन्त्री सिञ्जो आबे नेतृत्वको सरकारले विशाल ऋणसँग जुझ्न ठूलो सङ्घर्ष गर्नुपर्ने रूपमा हेरिएको छ । औद्योगिक राष्ट्रहरूमध्ये जापानको ऋणभार सबैभन्दा बढी अर्थात् अर्थतन्त्रको तुलनामा दोब्बर बढी हो । यसमा दीर्घकालीन र अल्पकालीन अवधिको सरकारी ऋणपत्र खरीद तथा अन्य कर्जाहरू रहेको बताइएको छ ।

अर्थ मन्त्रालयको यो तथ्याङ्क बजेट कटौती र सरकारी खर्चबीच सन्तुलन ल्याउने सरकारी प्रतिबद्धताको भोलिपल्ट सार्वजनिक भएको हो । जापानले अधिकांश ऋण घरेलुस्तर र सस्तो ब्याजदरमा लिइएकाले त्यहाँ यूरोजोनको जस्तो ऋणसङ्कट नरहेको विश्लेषण गरिएको छ । तर, पछिल्ला वर्षहरूमा सरकारी ऋणमा भएको वृद्धिले पटकपटक कर्जा साख कटौती भएकोतर्फ औंल्याउँदै अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्य निकायले ऋणभार कम गर्न चेतावनी दिँदै आएका छन् । यो हप्तामात्र सरकारी आम्दानी वृद्धि गर्न विक्रीकर बढाउनेलगायतका शृङ्खलाबद्ध आर्थिक सुधारका योजना अपनाउन आईएमएफले जापान सरकारलाई सुझाएको थियो । विक्री कर बढाउनेबारे विचारविमर्श भइरहे पनि यसले आर्थिक वृद्धिलाई प्रोत्साहन दिन चालिएको आक्रामक मौद्रिक नीति ‘आबेनोमिक्स’को असर कम हुने खतरा केही विश्लेषकहरूले औंल्याएका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)