ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन नयाँ निर्जीवन बीमा कम्पनीको ४ महीना : ७ हजार बीमालेख जारी १ करोड ८४ लाख नाफा

Dec 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । गत असारदेखि सञ्चालनमा आएका ३ निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्ममा रू. १ करोड ८४ लाख नाफा कमाएका छन् । सम्बन्धित कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्ष (आव) २०७५/७६ को पहिलो त्रैमासिकको वित्तीय विवरणले यस्तो देखाएको हो । बीमा समितिबाट इजाजतपत्र पाएपछि जनरल, अजोड र सानिमा इन्स्योरेन्स गत असारदेखि सञ्चालनमा आएका थिए । सञ्चालनको मितिदेखि असोज मसान्तसम्मको ४ महीनामा ती कम्पनीहरूले उक्त नाफा कमाएका हुन् । तीन कम्पनीमध्ये सबैभन्दा बढी नाफा सानिमा इन्स्योरेन्सले कमाएको छ । सानिमाको असोज मसान्तसम्मको नाफा रू. ७३ लाख ४० करोड रहेको छ । यस्तै, ती कम्पनीले यस अवधिमा करीब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । प्रकाशित वित्तीय विवरणअनुसार सम्बन्धित कम्पनीहरूले बीमाशुल्कबापत रू. ९ करोड ७९ लाख ६७ हजार आर्जन गरेका छन् । सबैभन्दा बढी अजोड इन्स्योरेन्सले रू. ४ करोड २९ लाख बीमाशुल्क आर्जन गरेको छ । ती ४ महीनाको अवधिमा कम्पनीहरूले ७ हजार ३ सय ८३ ओटा बीमालेख जारी गरेका छ । बीमालेख जारी गर्नेमा पनि अजोड इन्स्योरेन्स अगाडि छ । यसले सबैभन्दा बढी ३ हजार ७ सय ३५ ओटा बीमालेख जारी गरेको छ । कम्पनीहरूले मोटर, अग्नि, हवाई लगायतका बीमालेखको कारोबार गर्दै आएका छन् । विभिन्न क्षेत्रमा रू. २ अर्बभन्दा बढी लगानी कम्पनीहरूले यस अवधिमा विभिन्न क्षेत्रमा रू. २ अर्ब १२ करोडभन्दा बढी लगानी गरेका छन् । सो रकममध्ये ५ करोड ८९ लाख रुपैयाँ दीर्घकालीन लगानी रहेको छ । वित्तीय विवरणअनुसार सानिमा इन्स्योरेन्सले अहिलेसम्म दीर्घकालीन लगानी गरेको देखिँदैन । ‘निर्जीवन बीमक लगानी निर्देशन २०७१’ अनुसार कम्पनीहरूले सार्वजनिक संस्थानको शेयर, बैङ्क, उत्पादनशील तथा राष्ट्रिय महŒवलगायत क्षेत्रमा लगानी गर्नुपर्छ । निर्जीवन कम्पनीले कुल लगानीमा ६५ प्रतिशत नघट्ने गरी अनिवार्य रूपमा क र ख वर्गका बैंक, नेपाल राष्ट्र बैंकको ऋणपत्रजस्ता क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । बीमा समितिको उक्त निर्देशनअनुसार कम्पनीहरूले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । यद्यपि, कम्पनीहरूले कुन क्षेत्रमा कति लगानी गरेको भनेर कुनै तथ्यांक सार्वजनिक गर्ने गरेको पाइँदैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)