ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ ले रातो किताबमा राखिसकेको आयोजना केन्द्र सरकारले खोस्यो, प्रदेश सरकार बेखबर

Dec 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
मङ्सिर २०, विराटनगर । संघीय सरकारले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेका दुई ओटा ठूला आयोजना पुनः केन्द्रमै तानेको छ । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको नयाँ शहरी आयोजना र जनता आवास कार्यक्रम संघमा तानेको हो । संघले हुलाकी राजमार्ग अन्तर्गत मोरङको रंगेलीमा नयाँ शहर निर्माण आयोजनाका लागि ३ करोड र जनता आवास कार्यक्रमका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यी कार्यक्रम प्रदेश नं एक अन्तर्गतका मोरङ, सुनसरी र उदयपुरमा सञ्चालन हुंदै छन् । प्रदेश सरकारले रातो किताबमा राखेको आयोजना प्रदेश सरकारलाई जानकारीसमेत नदिई पुनः केन्द्रमा तानिएको छ । शहरी विकास मन्त्रालयले एक महीना अघिमात्र ती आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले ती आयोजना कार्यान्वयनका लागि प्रक्रिया अगाडी वढाउने तयारी गरिरहेको थियो । प्रदेश सरकारलाई जानकारी नै नदिई केन्द्र सरकार अन्तर्गतको प्रदेश शहरी बिकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय एकाई मार्फत काम अगाडी बढाउने तयारी गरिएको छ । शहरी बिकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयका प्रमुख दिगम्बर ठाकुरले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका नयाँ शहर निर्माण आयोजना र जनता आवास कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया अगाडी नबढ्दै पुनः संघले तानेको जानकारी दिए । संघले चालु आर्थिक वर्षका लागि बजेटसहित यी दुई कार्यक्रम प्रदेशलाई हस्तान्तरण गरेको उनले बताए । शहरी बिकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयले यी दुबै आयोजना योजना स्वीकृतका लागि प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वधार तथा बिकास मन्त्रालयमा पठाएको थियो । मन्त्रालयबाट स्वीकृत हुने चरणमा रहेका आयोजना खोसिएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)