ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षणपत्रमा राष्ट्र बैंकको ३.३४ खर्ब

Dec 9, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैंकको देशभित्र र बाहिर गरी सुरक्षणपत्र (सेक्युरिटी)मा लगानी गरेको रकम रू. ३ खर्ब ३४ अर्ब रहेको छ । गत कात्तिक मसान्तसम्मको मासिक वासलातले विदेशी तथा स्वदेशी सेक्युरिटीमा केन्द्रीय बैंकको लगानीको अवस्था यस्तो देखाएकोे हो । लगानी गरिएको रकममध्ये २ खर्ब ६३ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ विदेशी सुरक्षणपत्रमा लगानी गरिएको छ । तथ्यांकअनुसार विदेशी रिपोमा भने लगानी गरिएको देखिँदैन । त्यसबाहेक नेपाल सरकारको सुरक्षणपत्रमा रू. ६८ अर्ब ४७ करोड २७ लाख र वित्तीय तथा संस्थानहरूको सुरक्षणपत्रमा रू. ३ करोड १० लाख लगानी गरिएको तथ्यांकमा उल्लेख छ । केन्द्रीय बैंकले कात्तिक मसान्तसम्ममा रू. २० अर्ब ७३ करोड ४ लाख बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी दिएकोे छ । त्यसमध्ये वाणिज्य बैंकहरूलाई रू. १४ अर्ब ९२ करोड १९ लाख र वित्तीय संस्थाहरूलाई रू. ७० करोड ३८ लाख रहेको छ । अन्य कर्जा र सापटमा रू. ५ अर्ब १० करोड ४७ लाख रहेको छ । नेपाल राष्ट्र बैंकमा कात्तिकसम्ममा २ अर्ब ७ करोड ५१ लाख रुपैयाँबराबरको सुन मौज्दात रहेको छ । उक्त अवधिमा विदेशी बैंकमा रू. ३६ अर्ब ३९ करोड ९७ लाख मौज्दात रहेको छ । विदेशी बण्डमा रहेको रकम रू. १ खर्ब ३१ अर्ब २८ करोड ४६ लाख देखिन्छ । यस्तै, सम्पत्तिका रूपमा रहेको विदेशी मुद्रा भने २६ अर्ब २१ करोड ७० लाख रुपैयाँबराबरको छ । यस अवधिसम्ममा केन्द्रीय बैंकको सम्पत्ति, इक्विटी तथा दायित्व रू. ६ खर्ब ४ अर्ब ३१ करोड ८९ लाख रहेको तथ्यांकले देखाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)