ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतारोहणः अत्यधिक जोखीम अनिवार्य बीमा

Dec 11, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

नेपालमा विश्वकै अग्ला हिमाल भएकाले विभिन्न देशका पर्यटक पर्वतारोहणका लागि यहाँ आउँछन् । वर्षेनि हजारौं विदेशी पर्वतारोही हिमाल चढ्न नेपाल आउने गरेको विभिन्न तथ्यांकले देखाएका छन् । साथै, नेपाली पर्वतारोहीको संख्या पनि बढ्दै गएको छ । यसले देशको अर्थतन्त्र, पर्यटन र स्थानीयको जीवनस्तर उकास्न मद्दत पु¥याएको छ ।

जीवनलाई मनोञ्जनात्मक बनाउन संसारमा विभिन्न प्रकारका माध्यम छन् । तीमध्ये हिमाल चढ्नु पनि एक हो । तर, साहसिक पर्यटनका अन्य गतिविधिको तुलनामा हिमाल आरोहण बढी जोखीमपूर्ण मानिन्छ । भौगोलिक विकटता, मौसमको परिवर्तन, अक्सिजनको अभाव, लेक लाग्ने, हिमपहिरो जस्ता कारण पर्वतारोहण अति कठिन र जोखीमपूर्ण हुने गरेको हो । यिनै कारण कतिपय पर्वतारोहीले ज्यान गुमाउने गरेका छन् ।

सगरमाथा चढ्न गएका १७ जनाले २०७२ सालको भूकम्पमा परेर ज्यान गुमाएका थिए । साथै, नेपालकी पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चुचुरोमा पुगेर पर्कने बेला ज्यान गुमाएकी थिइन् । यस्तै, सगरमाथा आरोहणकै क्रममा गतवर्ष प्रसिद्ध स्विस पर्वतारोही उएली स्टेक र अमेरिकी डाक्टर रोल्याण्ड इअरवुडको मृत्यु भएको थियो । यस्ता तथ्याङ्कले पनि पर्वतारोहण अति कठिन र उच्च जोखीमयुक्त देखिन्छ ।

बिग्रँदो मौसम, हिमपहिरो जस्ता कारण पर्वतारोहण जोखीमपूर्ण बन्दै गएको हो । उक्त जोखीमबाट हुने नोक्सानी आर्थिक रूपमा न्यूनीकरणका लागि पर्वतारोहीको बीमा गर्न अत्यावश्यक छ । साथै, नेपाल सरकारले पनि त्यस्ता जोखीमको दृष्टिगत गर्दै पर्वतारोही र पथ प्रदर्शकको बीमा अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरेको छ । पर्वतारोहण सम्बन्धी नियमावलीअनुसार हिमाल चढ्न पर्वतारोहीले अनिवार्य रूपमा बीमा गरेको हुनुपर्छ ।

‘पर्वतारोहीले कुनै पनि निर्जीवन बीमा कम्पनीबाट आफूले इच्छाएको बीमांकमा दुर्घटना बीमा गर्नुपर्छ,’ पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘उक्त बीमालेखको आधारमा पर्यटक विभागले पर्वतारोहणका लागि अनुमति प्रदान गर्छ ।’ साथै, पर्वतारोहीले आफूसँग जाने पथ प्रदर्शकको पनि प्रतिव्यक्ति न्यूनतम रू. १० लाखबराबरको दुर्घटना बीमा गरिदिनुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

यसैगरी विदेशमै बीमा गरेर आउने पर्वतारोहीले आवश्यक प्रमाण देखाएमा पर्यटन विभागबाट पर्वतारोहणको अनुमति पाउन सक्छन् । यद्यपि, उनीहरूले पथ प्रदर्शकको भने अनिवार्य रूपमा बीमा गरिदिनुपर्ने विभागको भनाइ छ । बीमा कम्पनीहरूले पर्वतारोहण व्यक्तिगत दुर्घटना बीमायोजना मार्फत पर्वतारोही तथा पथ प्रदर्शकको बीमा गर्न सक्नेछन् । उक्त बीमालेखले औषधि उपचार, लेक लाग्ने, दुर्घटना, मृत्यु, प्राकृतिक विपद्बाट हुने क्षति लगायत जोखीमको रक्षावरण गर्ने बीमाविज्ञ भोजराज शर्माले बताए । उनका अनुसार उक्त बीमालेखले पर्वतारोहणमा हुन सक्ने अधिकांश जोखीमको ‘कभर’ गर्छ ।

सन्दर्भः विश्व पर्वत दिवस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)