काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरूलाई व्यक्तिगत निक्षेपमा आफूखुशी ब्याजदर निर्धारण गर्न छूट दिएसँगै शुरू भएको ब्याजदर बढाबढले अर्थतन्त्रमा पार्नसक्ने प्रतिकूल असरका विषयमा बहस हुन थालेको छ । बैंकहरू दीर्घकालीन स्रोत व्यवस्थापनमा जोड दिनुको सट्टा अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएको भन्दै केन्द्रीय बैंकले भने असन्तोष व्यक्त गरेको छ ।
अहिलेसम्म बजारमा एउटा पनि १५ वर्षे ऋणपत्र नरहको बताउँदै यस्ता उपकरण जारी गरेर स्रोत संकलन नभएर लगानीयोग्यय पूँजी अभाव र ब्याजदर अस्थिर भएको विज्ञहरूको भनाइ छ ।
केही १० वर्षसम्मका दीर्घकालीन ऋणपत्र भए पनि अधिकांश बैंकले ७ वर्ष अवधिका ऋणपत्र मात्रै ल्याएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् । ‘हालसम्म स्वीकृतिका लागि आएका ऋणपत्रमा ७ वर्षे अवधिका धेरै छन् भने नगण्य मात्र १० वर्षे छन्,’ उनले भने, ‘यसभन्दा बढी अवधिको ऋणपत्रको माग नै आएको छैन ।’ लामो अवधिको ऋणपत्रमार्फत संकलित कोषको लागत (ब्याजदर) तुलनात्मक रूपमा कम हुने र छिटो छिटो ब्याजदर परिर्वतनको जोखिम पनि कम हुन्छ ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई दीर्घकालीन ऋणपत्र जारी गरी साधन परिचालन गर्न प्रोत्साहन गरेको छ । यसरी संकलित साधनलाई कर्जा–पूँजी तथा निक्षेप अनुपात (सीसीडी)मा स्रोतका रूपमा गणना गर्न पाइने व्यवस्थासमेत मिलाइएको छ । यस व्यवस्थाअन्तर्गत चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एउटा वाणिज्य बैंकले जम्मा रू. १ अर्ब ८३ करोडको ऋणपत्र निष्कासन गरेको छ ।
ऋणपत्रको आयमा कर छूट आवश्यकज्ञानेन्द्र ढुंगानाअध्यक्ष, नेपाल बैंकर्स संघ
अहिलेसम्म दीर्घकालीन स्रोत परिचालनमा बैंकको मात्र नभएर सरकारको समेत ध्यान नगएको देखिन्छ । ५ वर्षभन्दा लामो अवधिका
ऋणपत्रको ब्याज आयमा कर छूटको व्यवस्था गरिदिए हुन्थ्यो भनेर हामी सरकारसँग अनुरोध गर्दै आएका छौं । कर लाग्दैन भनेपछि ५ देखि १५ वर्षसम्मका ऋणपत्रमा आकर्षण बढ्न गई दीर्घकालीन संकलन हुन्थ्यो । स्रोत पर्याप्त नहुँदा बैंकहरू सजग हुँदाहुँदै पनि कहिलेकाही ब्याजदरमा आक्रामक हुने स्थिति आएको हो ।
ब्याजदरका कारण नयाँ उद्योगको बाटो बन्दउमेशलाल श्रेष्ठउपाध्यक्षनेपाल उद्योग वाणिज्य महासंघ
निक्षेपमा ब्याजदर बढ्दा स्वतः कर्जाको पनि बढ्छ । त्यसैले निक्षेपको ब्याजदर महँगो र अस्थिर हुनु उद्योगीका लागि घातक हो । त्यसै त सस्ता विदेशी उत्पादनका कारण नेपालमा उद्योग सञ्चालन गर्नु आपैmमा जोखीमपूर्ण छ । त्यसमाथि महँगो ब्याजदरले नयाँ उद्योगको बाटो नै बन्द गर्दै लगेको छ । यसरी मनपरी रूपमा ब्याजदर बढ्दा ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारी लक्ष्यसमेत असफल हुने देखिन्छ ।
दीर्घकालीन ऋणपत्र ल्याए सहयोग हुन्छनारायणप्रसाद पौडेलप्रवक्ता, नेपाल राष्ट्र बैंक
बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गर्दा अर्थतन्त्र नै समस्यामा पर्न सक्छ । यसको समाधान केही हदसम्म दीर्घकालीन ऋणपत्र हुन
सक्छ । बैंकहरूले यस्ता उपकरण लिएर आए राष्ट्र बैङ्क बाधक छैन । अहिलेसम्म १० वर्षभन्दा माथिका ऋणपत्र आएका पनि छैनन् । नयाँ उपकरण चाहियो भनेर बैंकहरू आउनु प¥यो । वित्तीय संस्थाहरूले पनि त्यस्ता उपकरणमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । वित्तीय स्वार्थ जोडिएको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा गरेको कुल लगानी रकम भने पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाउनु पर्नेछ ।
ब्याज लागत बढ्दा महँगाइमा चाप पर्छकमलेश अग्रवालउपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
ब्याजदरमा अनावश्यक प्रतिस्पर्धा हुँदा औद्योगिक तथा आर्थिक गतिविधिमा नकरात्मक असर परेको छ । औद्योगिक क्षेत्रमा आउने विदेशी
लगानी पनि कम हुने देखिन्छ । साथै, कर्जामा ब्याजदर बढ्ने भएकाले उत्पादन लागत र बजार मूल्यसमेत वृद्धि हुने सम्भावना छ ।