ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ महीनामा १० लाखभन्दा बढि पर्यटकले घुमे नेपाल

Dec 13, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
मङ्सिर २७, काठमाडौं । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ महीनामा १० लाख नाघेको छ । सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्मको पर्यटन आगमन तथ्याङ्क अनुसार १० लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । गत एक महीनायता स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या भने उक्त तथ्यांकमा समावेश गरिएको छैन । नेपालले लामो समयदेखि प्रतीक्षा गर्दै आएको १० लाख पर्यटक संख्या यो वर्ष पूरा भएको बोर्डको धारणा छ । बोर्डको तथ्याङ्क अनुसार यो अवधीमा कुल १० लाख १ हजार ९ सय ३० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनमा छिमेकी मुलुक भारत पहिलो र चीन दोस्रोमा छन् । भारतबाट अक्टोबर महीनामा मात्रै ११ हजार ५ सय ६६ र नोभेम्बरमा १६ हजार १ सय ६७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीदेखि नोभेम्बरसम्म १ लाख ७८ हजार १ सय ३० जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष यो अवधीमा भारतबाट १ लाख ४४ हजार ३ सय ७९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै सोही अवधिमा चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ लाख ३४ हजार ३ सय ५२ रहको छ । गत वर्ष यो संख्या ९३ हजार ६ सय ५४ थियो । सन् २०१७ र २०१८ मा नेपाल भ्रमणमा आएका पर्यटक नेपालमा घुम्न आउने विदेशीमा अमेरिकी नागरिक तेस्रो स्थानमा छन् । अमेरिकाबाट यो अवधीमा ८२ हजार ८ सय ७० पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्ष अमेरिकाबाट ७३ हजार ६ सय ५० अमेरिकी नेपाल घुम्न आएका थिए । यस्तै बेलायतबाट ५७ हजार ५ सय ५५ जना पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्ष यो संख्या ५० हजार ६ सय ५२ थियो । बढि पर्यटक नेपाल भ्रमण गर्न आउने मध्ये जर्मन पाचौँ स्थानमा छ । जर्मनबाट यो वर्ष ३४ हजार ४ सय ७९ जना पर्यटक नेपाल आएका छन्, गत वर्ष २८ हजार ७ सय २ जना जर्मन नागरिकले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यो वर्ष लगातार पर्यटक आगमन बढिरहेकोले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सकिने विश्वास बढेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले जानकारी दिए । नेपालले अन्तरराष्ट्रिय क्षेत्रमा गरेका विभिन्न प्रर्वद्धनात्मक कार्यक्रमको कारण तथा पछिल्लो समय नेपालको स्थिर राजनीतिका कारण पर्यटक आगमन बढ्दै गएको उनको धारणा छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)