ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१५औं पञ्चवर्षीय योजनाः खाका निर्माण अन्तिम चरणमा

Dec 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । १५औं पञ्चवर्षीय योजना निर्माणको खाका बनाउने काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष (आव) २०७६/७७ देखि आव २०८०/८१ सम्मको सो पञ्चवर्षीय योजनाको खाका राष्ट्रिय योजना आयोगले बनाइरहेको छ । आयोगका उपाध्यक्ष पुष्पराज कँडेलका अनुसार त्यसका निम्ति आयोगले तीव्र रूपमा काम गरिरहेको छ । उनले भने, ‘अबको एक/डेढ महीनाभित्रै ड्राप्mट तयार हुन्छ ।’

१४औं योजनाको समीक्षाबाट आएका प्रतिवेदनका आधारलाई समेत समेट्ने गरी १५औं योजनाको खाका तयार गरिँदै छ । मूलतः पञ्चवर्षीय योजना तयार गरिँदा गरीबी न्यूनीकरण, रोजगारी सृजना, प्रतिव्यक्ति आय वृद्धिलगायतलाई प्राथमिकतामा राखिएको छ । नेपालमा हाल रहेको गरीबी २१ दशमलव ६ प्रतिशतलाई सन् २०३० सम्म ५ प्रतिशतमा झार्ने तथा प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पु¥याउने लक्ष्य भेट्ने कार्यक्रम तयार गर्नेगरी गृहकार्य थालिएको छ ।

१४औं त्रिवर्षीय योजनाको अन्त्यसम्म गरीबी १७ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । हाल नेपालमा बहुआयामिक गरीबी साढे २८ प्रतिशत छ । आयोगका अनुसार १५औं योजनाका साथै दीर्घकालीन योजना निर्माणमा पनि आयोगले ध्यान केन्द्रित गरेको छ ।

मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएकाले अब आर्थिक समृद्धिका लागि आयोगले पनि दीर्घकालीन र मध्यकालीन योजना बनाइरहेको उपाध्यक्ष कँडेलको भनाइ छ । देश संघीयतामा गएसँगै प्रदेश स्तरमा पनि योजना आयोग गठन भएका छन् । सात प्रदेशमध्ये ६ ओटा प्रदेशमा नीति तथा योजना आयोग गठन भइसकेको छ ।

परियोजना बैंकको पनि तयारी राष्ट्रिय योजना आयोगले प्रोजेक्ट (परियोजना) बैंकका लागि तयारीसमेत थालेको छ । आयोगका अनुसार देशको दीर्घकालीन विकासको खाका तयार पार्न त्यस्तो परियोजना बैंक बनाउन लागिएको हो । उपाध्यक्ष कँडेलका अनुसार यसका लागि विस्तृत छलफल चलिरहेको छ ।

योसँगै हालसम्म जनप्रतिनिधिको सिफारिशमा विकास योजना छनोट हुँदै आएकोमा अब प्रोजेक्ट बैंक बनाएर परियोजना छनोट हुनेछ । त्यस्तो बैंकले कुन ठाउँमा कस्ता प्रकृतिका परियोजना निर्माण गर्न सकिन्छ, सम्भावना के छ ? परियोजनाको लागत कति पर्छ र त्यसको लाभ कस्तो कति हुने जस्ता विषय अध्ययन गर्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)