ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजबाट नेपालमा मन्ट्रियल महासन्धि लागू, अन्तरराष्ट्रिय उडानमा नेपाली यात्रुको बीमा १ लाख ६० हजार डलर

Dec 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
मङ्सिर २९, काठमाडौं । नेपालमा शनिवारदेखि ‘मन्ट्रियल महासन्धि १९९९’ विधिवत लागू भएको छ । महासन्धि लागू भएपछि अन्तरराष्ट्रिय विमानमा यात्रा गर्ने नेपाली यात्रुको बीमा रकम आठ गुणा बढेर १ लाख ६० हजार अमेरिकी डलर हाराहारी पुग्नेछ । अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)मा सदस्य रहको १ सय ९२ मुलुक मध्ये यो महासन्धिको पक्ष राष्ट्रको संख्या १ सय ३६ पुगेको छ । नेपाल मन्ट्रियल महासन्धि लागू गर्ने कान्छो मुलुक बनेको छ । यो महासन्धि खास गरी हवाई यात्रुहरुको पक्षधर महासन्धिको रुपमा तयार भएको छ । यसमा अन्तरराष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने व्यवस्था छन् । नेपालको सन्दर्भमा यो महासन्धि डिसेम्बर १५, २०१८ देखि नेपालमा दर्ता भएका अन्तरराष्ट्रिय वायुसेवाको हकमा लागू हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । यो महासन्धिका व्यवस्थाले हवाई यात्राको क्रममा हवाई सेवा वाहकले यात्रु प्रति वहन गर्नुपर्ने दायित्वको बारेमा स्पष्ट र अन्तरराष्ट्रिय मान्यता तथा आवश्यकतालाई सम्बोधन गरेको छ । यो महासन्धिको पक्ष राष्ट्र हुनुले अन्तरराष्ट्रिय उड्डयन जगतमा नेपालको प्रतिष्ठा थप उँचो भएको लामिछानेले बताए । व्यवस्थापिका–संसद्ले करीब दुई महीनाअघि सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाल यस महासन्धिको पक्ष राष्ट्र बनेको थियो । संसद्बाट अनुमोदन भएको विवरण अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)मा जानकारी गराएको शनिवार ६० दिन पुगेकोले अब नेपालमा यो महासन्धि विधिवत लागू भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । नेपाली यात्रुको बीमा रकम १ लाख ६० हजार डलर महासन्धि लागू भएपछि अन्तरराष्ट्रिय हवाई दुर्घटनामा ज्यान गुमाउने नेपालीका परिवारले पनि बीमा बापत १ लाख ५८ हजार ९ सय १० अमेरिकी डलर पाउनेछन् । अहिलेसम्म यसरी ज्यान गुमाउने नेपालीका परिवारले २० हजार डलरमात्र पाउँदै आएका छन् । नेपाल अहिले ‘वार्सा महासन्धि १९२९’ र ‘हेग प्रोटोकल १९५५’को सदस्य राष्ट्र हो । वार्सा महासन्धिअनुसार हवाई दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलरमात्रै पाउने व्यवस्था छ । मन्ट्रियल महासन्धि कार्यान्वयन हुनासाथ नेपाली विमानसेवा कम्पनी र नेपालमा उडान गर्ने विमान कम्पनी सबैले नेपाली यात्रुको बीमा रकम बढाउनुपर्नेछ । साथै अन्तरराष्ट्रिय हवाई दुर्घटनामा मृतक, घाइते तथा कार्गोको समेत क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । हवाई दुर्घटनामा पीडितले पाउने रकम अति नै न्यून भएको भन्दै आइकाओकै सक्रियतामा १९९९ मे २८ मा मन्ट्रियल सन्धि ल्याइएको थियो । सो महासन्धिको विश्वव्यापी कार्यान्वयन भने २००३ नोभेम्बर ४ देखि भएको थियो । मन्ट्रियल महासन्धि अनुमोदन गर्ने नेपाल १ सय ३१ औं सदस्य राष्ट्र हो । आइकाओको सदस्य संख्या १ सय ९२ रहेको छ । आन्तरिक उडानको लागि नयाँ व्यवस्था तयारी मन्ट्रियल महासन्धि अन्तरराष्ट्रिय उडानमा मात्र लागू हुने भएकोले नेपालको आन्तरिक उडानको लागि नयाँ व्यवस्था गर्नु पर्ने आवश्यकता बढेको मन्त्रालयका सहसचिव लामिछानेले बताए । यस विषयमा सरोकारवालासँग छलफल गरी आवश्यक व्यवस्था मिलाइने उनले बताए । मन्ट्रियल अनुसार नै जान सके राम्रो हुने भएता पनि यस विषयमा सरोकारवालाहरुसँग छलफल गरी टुंगोमा पुगिने बताए । आन्तरिक उडानको हकमा अहिले वार्सा अनुसार नै हुने छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)