ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन बोर्डको बजेट करीब १ अर्ब ७५ करोड : २३ प्रतिशत पर्यटक बढ्ने प्रक्षेपण

Dec 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०७५/७६ का लागि करीब रू. १ अर्ब ७५ करोड बजेट स्वीकृत गरेको छ । आव शुरू भएको चार महीनापछि बोर्ड बैठकले बजेट स्वीकृत गरेको हो । बोर्डले सन् २०१८ मा सन् २०१७ को तुलनामा पर्यटकको संख्या २३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार पर्यटक आएका थिए । सन् २०१८ को ११ महीनामै १० लाख पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । सोही आधारमा रू. १ अर्ब ११ करोड ३० लाख रुपैयाँ पर्यटन सेवा शुल्क संकलन हुने बोर्डको अनुमान छ ।

त्यस्तै, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) शुल्कबापत रू. १६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ । बोर्डले निजीक्षेत्रको सहभागिता शुल्कलगायत अन्य विविध आय रू. ४ करोड ४२ लाख हुने अनुमान गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरी कार्यक्रम अघि बढाएको सन्दर्भमा बोर्डकै बजेट ढिलो स्वीकृत हुँदा कतिपय काममा प्रत्यक्ष असर पर्न गएको व्यवसायीको भनाइ छ । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवर्द्धन, जनसम्पर्क एवम् प्रचारप्रसारलाई प्राथमिकता दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

बजेट ढिला स्वीकृत हुँदा कतिपय काममा समस्या देखिए पनि बोर्डले १५ प्रतिशतसम्म पेश्कीको रूपमा बजेट खर्च गर्न पाउने प्रावधान अनुरूप खर्च गरिएको उनले जानकारी दिए ।

बोर्डले गतवर्ष रू. १ अर्ब ३७ करोड बजेट विनियोजन गरेको थियो । न्यून पर्यटन पूर्वाधार, जनशक्तिको कमीलगायतका आन्तरिक पक्षहरू तथा विश्व पर्यटन बजारमा बढ्दो प्रतिस्पर्धा हुँदाहुँदै गतवर्ष नेपाल आउने पर्यटक संख्यामा उल्लेख्य वृद्धि हुनु बोर्डको लागि सबैभन्दा महŒवपूर्ण उपलब्धि भएको जोशीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)