ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची खानेपानी आयोजना : इटालियन कम्पनीका कर्मचारीको भाग्ने प्रयास असफल

Dec 18, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम अधुरै छोडेर देश (इटाली) भाग्न लागेका ठेकेदार कम्पनी कर्पोरेटिभ मुराटोरी सिमेन्टिस्टी सीएमसी डी रभेन्नाका कर्मचारी पक्राउ परेका छन् । कार्यथलो छोडेर काठमाडौं आइपुगेका उनीहरूलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो । भाग्न लागेको भन्ने खानेपानी मन्त्रालयको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गले ठमेलस्थित एक रेष्टूराँबाट उनीहरूलाई आइतवार राति नियन्त्रणमा लिएको हो । नियन्त्रणपछि पासपोर्ट जफत गरिएका उनीहरू काठमाडौं छोड्न नमिल्ने अवस्थामा रहेको आयोजनाका सहायक निर्देशक रामप्रसाद खरेलले आर्थिक अभियानलाई जानकारी दिए । पक्राउ पर्नेमा परियोजना व्यवस्थापक क्रिश्चियानो ग्रेचोका साथै अन्य सात कर्मचारी छन् । यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उक्त कम्पनीका एक कर्मचारीको सूचनाका आधारमा ती ८ जना पक्राउ परेका हुन् । परियोजना व्यवस्थापककै आग्रहअनुसार हाल छलफल अघि बढेको आयोजनाका सहायक निर्देशक खरेलले जानकारी दिए । ‘अब आयोजना के हुन्छ ?’ भनी खरेललाई सोधिएको प्रश्नमा उनले भने, ‘छलफलबाट के निष्कर्ष निस्किन्छ, त्यसका आधारमा आयोजना के हुन्छ भन्ने कुरा २–३ दिनपछि मात्रै भन्न सक्छौं ।’ मेलम्ची परिकल्पनादेखि हालसम्म २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंवासीका लागि आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए । त्यसयता बनेका हरेकजसो प्रधानमन्त्रीले मेलम्ची छिटै सम्पन्न हुने आश्वासन दिँदै आएका छन् । मेलम्चीदेखि सुन्दरीजलसम्मको २६ किलोमिटर सुरुङ हुँदै तत्काल १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना रहेको छ । त्यसैगरी दोस्रो चरणमा नजीकै पर्ने याङ्ग्री र लार्के नदीबाट अर्को १७/१७ करोड लिटर गरी कुल ५१ करोड लिटर पानी काठमाडौं भिœयाउने यो आयोजना विकासको लक्ष्य हो । विगत ३ दशकदेखि विभिन्न अन्तरराष्ट्रिय दातृ संघ÷संस्थाद्वारा विस्तृत अध्ययन र अनुसन्धान गरी काठमाडौंका लागि पानीको उत्कृष्ट स्रोत मेलम्ची नै हो भन्ने ठहर गरेको थियो । उक्त आयोजना कार्यान्वयनका लागि नर्वेजियन, स्वीडिस, जापानी संस्थाहरूका साथै विश्व बैंकले समेत विस्तृत अध्ययन गरेको थियो । आर्थिक वर्ष २०५५/५६ (सन् १९९८) मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । त्यसपछि २०५९ सालमा एशियाली विकास बैंकको १२ करोड अमेरिकी डलर स्वीकृत भएपछि विधिवत् रूपमा आयोजना अघि बढेको हो । २०६० सालमा सम्पन्न आयोजनाको विस्तृत अध्ययनबाट प्रारम्भिक लागत ४६ करोड ४० लाख अमेरिकी डलर रहेको थियो । आयोजनाको हेडवक्र्स र सुरुङ निर्माणको ठेक्का २०६६ सालमा चिनियाँ कम्पनी सीआरसीसीलाई दिइएको थियो । कार्यतालिकाअनुसार काम नगरेको, सूचना दिँदा पनि सुधार गर्नुपर्ने ठाउँमा सुधार नगरेको लगायत कारण उल्लेख गर्दै सीआरसीसीसँगको सम्झौता तोडियो । त्यसपछि बाँकी काम सम्पन्न गर्नेगरी आह्वान गरिएको नयाँ बोलपत्रमार्फत इटालियन कम्पनी सीएमसी छनोट भएको थियो । २०७० असार ३१ गते ठेक्का सम्झौता भएको सीएमसीले काम थालेको १ हजार ९५ दिनमा काम सम्पन्न गर्नुपर्ने अवधि तोकिएको थियो । उपकरण आयातमा समय लाग्दा सम्झौता भएको ६ महीनापछि मात्रै काम थालेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)