ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पैसा राख्ने बैङ्कमा चिज !

Aug 19, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बैङ्कहरुले पैसा, सुनलगायतका वस्तुहरु राख्ने गरेको हामीले देख्दै आइरहेका छौं । मानिसहरुले आफ्ना अन्य बहुमूल्य वस्तु पनि बैङ्कको लकरमा सुरक्षित राख्ने गरेका छन् । यस्तै कारोबार गर्ने इटलीको क्रेडेम बैङ्कले भने उच्च सुरक्षा दिएर पर्मेसान चिज राख्न थालेको छ । बैङ्कको भल्टभित्रका दराजमा यो चिजका ४ लाख ३० हजार चक्का राखिएको छ । यसको कुल मूल्य १९ करोड यूरो रहेको बताइन्छ । इटालियन बैङ्कहरुले चिजको संरक्षण लिएर कर्जा दिने गरेका छन् । यस्तो चिजलाई बैङ्कको वातानुकूलित ठूलो भल्टमा राखिन्छ र बेलाबेलामा यसको स्वादको परीक्षण पनि गरिन्छ ।

चिज कर्जाको ब्याजदर चिजको गुणस्तरअनुसार ३ देखि ५ प्रतिशतसम्म हुन्छ । किसानले चिज बनाएर त्यसलाई परिपक्व हुन चाहिने समयका लागि बैङ्कको भल्टमा राख्छन् र त्यसको धितोमा कर्जा लिन्छन् । यसरी सो ब्याजदरलाई चिजको सुरक्षित भण्डारबापतको फिका रुपमा पनि लिने गरिएको छ । यो चिज २ वर्षमा परिपक्व हुन्छ । अहिलेको कठिन आर्थिक समयमा यस्तो कर्जा व्यवस्थाले चिज उत्पादकहरुलाई उत्पादन बढाउन, पशुहरुको खानपान र हेरचाहको राम्रो व्यवस्था गर्न र कामदारहरुलाई पनि राम्रो तलब दिन सक्षम बनाउने बताइएको छ । यदि कुनै कारणवश चिज उत्पादकहरुले ऋण तिर्न नसकेको खण्डमा बैङ्कले धरौटी राखिएको चिज विक्री गरेर रकम प्राप्त गर्न सक्ने विकल्प पनि रहेकाले यो योजना बढी रुचाइएको पाइएको छ । त्यसैले क्रेडम बैङ्कले हरेक चिजको चक्कालार्ई सुनजस्तै मूल्यवान मानेर व्यवहार गरिरहेको छ । उसले चिजलाई सफा राख्ने र बेलाबेलामा यसको स्वाद पनि चाख्ने व्यवस्था गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)