ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तेब्बर फैलिँदै ‘विद्युत् व्यापार’

Dec 21, 2018  
प्रोडक्ट गृह पृष्ठ
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रञ्जु काफ्ले
काठमाडौं । देशको अर्थतन्त्र सरकारले भनेको जसरी नै आर्थिक समृद्धिको बाटोमा अग्रसर भए नेपालको विद्युतीय क्षेत्रको व्यापार अहिले भएको भन्दा तेब्बर फैलिने देखिएको छ । १३ सय मेगावाटको विद्युत् आपूर्ति हुँदा भन्सार विभागको तथ्यांकले देशमा करीब ७५ अर्ब रुपैयाँको विद्युतीय कारोबार भएको देखाउँछ । वार्षिक बजेटले आउँदा केही वर्षमा ३३ सय मेगावाट विद्युत् उत्पादन गर्ने महŒवाकांक्षी लक्ष्य सार्वजनिक गरेपछि सो क्षेत्रको कारोबार पनि २ खर्बभन्दा धेरै हुने देखिएको हो । आयातमुखी बन्दै गएको अर्थतन्त्र उत्पादनशीलताको बाटोतिर अग्रसर हुँदा विद्युतीय क्षेत्रको व्यापार तीव्र गतिमा विस्तार हुनेमा सम्बद्ध व्यवसायी आशावादी छन् । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले नयाँ–नयाँ प्रविधिबारे जानकारी लिनदिन आज (शुक्रवार) देखि काठमाडौंमा विद्युतीय सामग्री तथा प्रविधि प्रदर्शनी मेला ‘निक इलेक्ट्रो टेक–२०१८’ मार्फत व्यवसायीहरू अवसर सदुपयोग गर्ने तयारीमा रहेको बताए । उनका अनुसार नेपालबाहेक भारत र चीनका व्यवसायी, विज्ञ र सरोकारवाला व्यक्ति सहभागी हुने भएकाले प्रदर्शनी व्यवसाय विस्तारका लागि महत्त्वपूर्ण हुनेछ । प्रदर्शनीमा विद्युतीय उपकरण, प्रविधि तथा अन्य क्षेत्रका उत्पादक विज्ञ र सरोकारवालाको सहभागिता रहने उनले जानकारी दिए । विद्युतीय उपकरणको बढ्दो प्रयोग फेरिँदो जीवनशैलीका धेरैजसो आधारभूत आवश्यकता पूर्ति गर्न थप विद्युतीय ऊर्जा आवश्यक हुन्छ । मानिसमा जाडोमा दाउरा बालेर आगो ताप्नुको साटो हिटरको न्यानोमा बस्न रुचाउने बानीको विकास भएको छ । अहिले समाजमा खाना पकाउने राइस कुकर, इन्डक्सन चुलोलगायत इलेक्ट्रोनिक सामान चाहिने वातावरण बनेको छ । त्यसैगरी गिजर, वासिङ मेसिनलगायत सामग्री अहिलेको आवश्यकता नै भएको छ । ग्यासको सट्टा विद्युतीय उपकरण प्रयोग गर्ने र इन्धनबाट चल्ने सवारीसाधनलाई ऊर्जाका सवारीसाधनले प्रतिस्थापन गर्ने सम्भावना पनि उक्तिकै छ । उद्योग तथा कलकारखाना सञ्चालनका लागि पनि पर्याप्त विद्युतीय ऊर्जा तथा उपकरण चाहिन्छ । आयात प्रतिस्थापनमा पनि ऊर्जा सहायक हुन्छ । बजेटमार्फत सरकारले ३३ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । जसले यस क्षेत्रको कारोबारलाई तेब्बर पार्ने भन्दै सम्बद्ध व्यवसायी खुसी देखिएका छन् । आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र रोजगारी सृजना गर्न सबैभन्दा पहिला विद्युतीय ऊर्जा, उपकरण र प्रविधि आवश्यक हुन्छ । चुनौतीरहित छैन व्यापार अपार सम्भावना रहे पनि सम्बद्ध व्यवसायी बजार मागअनुरूप विद्युत् उत्पादन नहुनु, सानो आकारको बजार हुनु, औद्योगिक मागअनुरूप ऊर्जा आपूर्ति हुन नसक्नु र उपभोक्तालाई थप ऊर्जा आपूर्ति गर्ने संयन्त्र बन्न नसक्नुलाई यस क्षेत्रका चुनौतीको रूपमा लिन्छन् । उपकरण आयातको भन्सार दर स्पष्ट नहुनु, आयातित वस्तुको गुणस्तरको मापदण्ड प्रस्ट नहुनु र विद्युतीय सामग्रीको प्रयोग सुरक्षाबारे उपभोक्तामा पर्याप्त चेतनासमेत नरहनु पनि यस व्यवसायका लागि चुनौती रहेको व्यवसायीको भनाइ छ । निरन्तर प्रदर्शनी प्रवर्द्धन गर्ने कारण पछिल्ला प्रविधिबारे जानकारी लिन र विद्युतीय सामग्रीको प्रयोग सुरक्षाबारे जानकारी लिनदिन निकले चौथो पटक पनि निरन्तरता दिएको हो । त्यस्तै उत्पादक, उपभोक्ता र सरोकारवालासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न पनि यो प्रदर्शनीलाई निरन्तरता दिन आवश्यक छ । व्यवसाय प्रवर्द्धनमा निकको निरन्तरता गुणस्तरीय ट्रान्सफर्मर निर्माणमा छुट्टै पहिचान बनाएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) ले पछिल्ला चारओटा प्रविधि प्रदर्शनी प्रायोजन गरेको छ । इलेक्ट्रो टेक–२०१८ पनि निकले नै प्रायोजन गरेको छ । सन् १९९२ देखि उत्पादन शुरू गरेको कम्पनीले व्यावसायिक सम्बन्ध विस्तार गर्न लगातार प्रायोजन गरेको बताएको छ । निकले विभिन्न क्षमताका ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । करीब ३ दशकसम्म विद्युतीय उपकरण निर्माणमा संलग्न निक नेपालमा गौरवपूर्ण इतिहास बनाउन सफल रहेको कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशी बताउँछन् । उनका अनुसार प्रविधि तथा उपकरण उत्पादन गरी निकले आफ्ना उत्पादन विदेश निर्यात गरेर उदाहरण कायम गरेको छ । कम्पनीले ट्रान्सफर्मर, विद्युतीय भोल्टेज व्यवस्थापन गर्ने स्टेप्लाइजर, हाइड्रोपावरलाई चाहिने पावर ट्रान्सफर्मरलगायत सामग्री उत्पादन गर्छ । कम्पनीले चाहिने कच्चा पदार्थ जापान, स्विटजरल्यान्ड, टर्की, जर्मनी, मलेशिया तथा भारतबाट आयात गर्छ । ट्रान्सफर्मर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ एकै ठाउँबाट उपलब्ध नहुने भएकाले विभिन्न देशबाट आयात गरिएको कम्पनीले बताएको छ । पावर ट्रान्सफर्मर ट्रान्सफर्मर मात्रै बनाउने गरेको कम्पनीले पछिल्लो समयमा पावर ट्रान्सफर्मर पनि बनाउन थालेको छ । ऊर्जाका आयोजनालाई विद्युत् निकाल्न चाहिने ट्रान्सफर्मरलाई पावर ट्रान्सफर्मर भनिन्छ । १३२ केभीको एउटै ट्रान्सफर्मर २० देखि ३० मेट्रिक टनसम्मको हुन्छ । नेपालमा हाइड्रोपावरको ठूलो सम्भावना भएकाले कम्पनीले पावर ट्रान्सफर्मर निर्माण गर्न थालेको हो । कम्पनीले विदेशबाट विशेषज्ञ झिकाएर पावर ट्रान्सफर्मरको प्रविधि भिœयाएको जानकारी दिएको छ । निर्यात विस्तार गर्नेे योजना सन् २००४ देखि भुटानमा ट्रान्सफर्मर निर्यात शुरू गरेको कम्पनीले ३ हजारभन्दा धेरै ट्रान्सफर्मर भुटान र भारतमा पनि निर्यात गरिसकेको छ । कम्पनीले बंगलादेश, कतार तथा खाडी राष्ट्र र अफ्रिकी देशमा पनि निर्यात विस्तार गरेको छ । बजारमा पकड विद्युत् प्राधिकरणले विदेशबाट खरीद गरेको ट्रान्सफर्मरबाहेक नेपालमा प्रयोग भएका ट्रान्सफर्मरमध्ये करीब ७० प्रतिशत निककै छन् । ठूला व्यावसायिक संस्था तथा उद्योगमा अहिले निककै ट्रान्सफर्मर बढी देख्न सकिन्छ । सन् १९९८ मा अमेरिकी प्रविधि प्रयोग गरिएको एमोर्फोस ट्रान्सफर्मर उत्पादन गर्न थालेपछि कम्पनीको उत्पादनको बजार हिस्सा क्रमशः बढ्न थालेको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)