ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले तोकेको मूल्यमा सुगर मिलले उखु लिन नसक्ने, मिलले तोकेको मूल्यमा किसानले दिन नसक्ने

Dec 22, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
पुस ७, विराटनगर । प्रदेश नं.१ को एक मात्रै इस्टर्न सुगर मिलले सरकारले तोके अन्ुसारको उखुको मूल्य दिन नसकिने बताएको छ । सरकारले गत वर्ष नै प्रति क्वीन्टल पाँच सय ३० रुपैयाँ मूल्य तोकेको हो । गत वर्ष पनि सरकारले तोकेकोभन्दा कम मूल्य पाएका झापा, मोरङ र सुनसरीका उखु किसानहरुलाई मिलले यस पटक पनि उचित मूल्य दिन नसक्ने बताए पछि आक्रोषित भएका छन् । सरकारले उखुको समर्थन मूल्य प्रतिक्वीन्टल ५ सय ३० रुपैयाँ तोकेको छ । इस्टर्न सुगर मिलले गत वर्ष मिल घाटामा गएका कारण संचालन नै गर्न नसक्ने भन्दै सरकारले तोकेको मूल्यभन्दा ३० रुपैयाँ कममा किसानसँग उखु खरीद गरेको थियो । सुनसरीको बुर्ज गाउँपालिकास्थित ईष्टन सुगर मिललाई गत वर्ष मोरङ, सुनसरी र झापाका २ हजार ४ सय कृषकले उखु विक्री गरेका थिए । यो वर्ष मिलले गत वर्षको मूल्यमा उखु खरीद गर्न नसक्ने भन्दै संचालकहरुले मिल बन्द गरेका छन् । सरकारले चिनी आयातमा रोक लगाएको भएपनि व्यापारीले गत वर्ष नै भारत र पाकिस्तानबाट चिनी आयात गरेर भण्डारण गरेका कारण आफूहरुको चिनी गोदाममा थन्किरहेको मिलका संचालक हितेश गोल्छाले बताए । यो वर्ष किसानहरुले प्रति क्वीन्टल ३ सय ८५ रुपैयाँमा उखु दिए मात्रै खरीद गर्ने मिल संचालकको भनाइ छ । यता कृषकहरूले भने सरकारले तोकेको मूल्यअनुसार नै उखु खरीद गर्नुपर्ने माग गरेका छन् । मिल घाटामा गएको बताएपछि गत वर्ष नै सरकारले तोकेको भन्दा ३० रुपैयाँ कममा उखु विक्री गरेको किसानको गुनासो छ । मिलले भने अनुसार आफूहरुले उखु विक्री गर्दा लागत खर्चसमेत नउठ्ने किसानहरुले बताएका छन् । उखु किसान उमानाथ दंगालले भने, ‘लागत नै झन्डै ५ सयको हाराहारीमा छ, तर मिल संचालकले प्रति क्वीन्टल ३ सय ८५ मा उखु किन्न माग गरिरहेका छन । यस्तो स्थितीमा घाटा खाएर कसरी उखु दिन सकिन्छ ?’ वर्षभरी दुःख गरेर उब्जाउ गरेको बालीको प्रतिफल लिने बेलामा मिलले बार्गेनिङ गरेको उखु किसान बल्लव श्रेष्ठको भनाई छ । उनले भने ‘मिलले प्रतिक्वीन्टल ४ सय पनि दिन नसकिने बताएपछि हामी बिचल्लीमा परेका छौं । यो उखु दिएर हामी कहाँ जानु ? सरकारले यस विषयमा बोलिदिनु पर्याे ।’ इष्टन सुगर मिलले शुक्रबार सुनसरी र मोरङका केहि उखु किसानलाई विराटनरमा छलफलका लागि बोलाएको थियो । किसानहरुले मूल्य नघटाए मिल संचालन गर्न नसकिने भन्दै मिल संचालकले किसानहरुलाई दबाब दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)