ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिलाको तुलनामा पुरुषको बोनस दोब्बर !

Aug 22, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

काम, शिक्षा, तलब, सामाजिक स्तरलगायत धेरै विषयमा महिला–पुरूषबीच असमानता हुने र उनीहरुको अधिकार र कर्तव्य पनि समान नहुने सबैलाई थाहा भएकै कुरा हो । तर, महिला र पुरूष कर्मचारीबीच तलब र बोनसमा समेत ठूलो अन्तर हुने कुराले भने धेरैलाई आश्चर्य लाग्न सक्छ । पुरूष म्यानेजरलाई दिइने बोनस महिलाले पाउनेभन्दा दोब्बर रहने बेलायतस्थित ‘चार्टर्ड म्यानेजमेण्ट इन्ष्टिच्युट’(सीएमआई)को एक पछिल्लो अध्ययनले देखाएको छ । गतवर्ष बेलायतमा महिला म्यानेजरको बोनस ३ हजार २९ पाउण्ड रहेकोमा पुरूष म्यानेजरको औसत बोनस ६ हजार ४ सय ४२ पाउण्डमा पुगेको थियो । सीएमआईका अनुसार पुरूषको तलबमानसमेत महिलाको तुलनामा २५ प्रतिशत बढी छ ।

४३ हजार म्यानेजरबीच गरिएको अध्ययनले एक जना पुरूषले आफ्नो पूरै जीवनकालभरि महिलाको तुलनामा १ लाख ४१ हजार पाउण्ड बढी रकम बोनसका रुपमा पाउने देखाएको छ । यसका साथै वरिष्ठ तहहरुमा आधारभूत तलब र बोनसबीचको अन्तर अझै बढ्दै जाने भेटिएको छ । महिला निर्देशकहरुको औसत बोनस ३६ हजार २ सय ७० पाउण्ड र पुरूषको भने त्यसको झण्डै दोब्बर अर्थात् ६३ हजार ७ सय पाउण्ड रहेको छ । कम्पनीहरुमा बढीभन्दा बढी महिला कर्मचारी भर्ती गर्ने प्रयास हुँदाहुँदै पनि उनीहरुको सफलता रोकिएको र माथिल्लो स्तरमा राम्रो पहुँच नभएको तथ्य फेला पर्नु निराशाजनक भएको सीएमआईकी प्रमुख कार्यकारी एन फ्र्याङ्केले बताइन् ।

‘कम्पनीको एण्ट्री लेभलमा अधिकांश महिला कर्मचारी छन् तर माथिल्ला पद र राम्रो तलबमानको सन्दर्भमा भने उनीहरु पछाडि परेका छन्, यो समस्यालाई व्यवस्थित तवरमै सम्बोधन गर्न ढिला भइसकेको छ, ’फ्र्याङ्केले भनिन् । कम्पनीहरुमा महिला र पुरूषलाई दिइने तलबमानको भिन्नता साँघुरिनुको सट्टा झन् फराकिलो बन्दै गइरहेको र यो लज्जास्पद भएको बेलायतको छायाँ श्रममन्त्री युभट्टे कुपरले बताएका छन् । यसअघिका अध्ययनहरुले महिला कार्यकारीहरुले उही कामका लागि पुरूषको तुलनामा तीन चौथाइमात्र तलब पाउने गरेको तथ्यहरु भेटिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)