ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशको विकल्प बन्न सक्छ व्यावसायिक टर्की पालन, दाङका युवाको लोभलाग्दो कमाई

Dec 24, 2018  
बजार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
पुस ९, दाङ । रोजगारीको खोजीमा दिनहुँजसो युवाहरु विदेशी गइरहेका बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले दाङका एक युवाले जिल्लामै पहिलो पटक व्यावसायिक रुपमा टर्की पालन शुरु गरेका छन् । दाङको घोराही उपमहानगरपालिका रतनपुरका लेखनाथ बुढाथोकीले करीव ४५ लाखको लगानीमा घोराही–७ मा कालिका टर्की फार्म सञ्चालनमा ल्याएका हुन् । व्यक्तिगत लगानीमा टर्की फार्म खोलेका बुढाथोकीले यसैबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन, स्वदेशमै पनि केही गर्न सकिन्छ,’ उनले भने, ‘सुगर, क्यान्सरलगायतका विरामीहरुले पनि यसको मासु खान सक्ने भएकाले माग धेरै छ, मैले दाङलाई मात्रै पनि पु¥याउन सकिरहेको छैन् ।’ १६ कट्ठा जग्गा दश वर्षका लागि लिजमा लिएर फार्म सञ्चालन गरेका बुढाथोकीले पहिलो पटकमा ७ सय टर्की पालन गरेका थिए । उनले अहिले ती सबै टर्की विक्री गरिसकेका छन् । टर्कीका चल्ला काठमाडौंबाट ल्याउनुपर्ने र त्यहाँ पनि आवश्यकता अनुसार चल्ला नपाइने भएकाले उत्पादन भन्दा माग बढी भएको उनले बताए । ‘चल्लाको उत्पादन कम छ तर, यसको माग बढी छ’, उनले अभियानसँग भने । प्रति चल्लाको मूल्य ५ सय रुपैयाँ पर्ने र यसलाई ६ महीनासम्म पाले पछि मात्रै यो बजारमा पठाउन योग्य हुने उनको भनाई छ । बजारमा टर्कीको तयारी मासु प्रतिकेजी १ हजार र जिउँदो साढे ७ सय देखि ८ सय रुपैयाँमा विक्री हुने गरेको उनले बताए । यहाँ उत्पादन गरिएका टर्की बुटवलदेखि काठमाडौंसम्म पठाउने गरेको बुढाथोकीले बताए । छिमेकी जिल्लाहरुबाट समेत यसको माग अत्यधिक भएको उनले बताए । मासुका लागि मात्रै होइन उनले यसको अण्डाका लागि पनि टर्की पालन गरेका छन् । व्यावसायिक रुपमा यति ठूलो टर्की फार्म पश्चिम नेपालकै पहिलो भएको बुढाथोकीको दावी छ । टर्की पालनमा केही चुनौती पनि छन् । दाङमा टर्की पालनको राम्रो संभावना छ । उनको फार्मबाट घरमा पाल्नका लागि पनि टर्की लैजानेहरु छन् । किसानहरु टर्की पालनमा उत्साहित भएकाले यसमा राज्यको तर्फबाट सहयोग हुन जरुरी रहेको उनको भनाइ छ ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)