ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराट एक्स्पो विवादमा, क्वालिटी थाई फूड्सले मेला छाड्यो

Dec 25, 2018  
बजार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

पुस १०, विराटनगर । शुरुका दिनमा नै दर्शक पाउन नसकेको भनिएपनि मेलाको तेश्रो दिनसम्म ७ करोडको व्यापार भएको ‘विराट ट्रेड एक्स्पो–२०१८’ मा विवाद देखिएको छ । विराटनगरमा शुक्रवारदेखि शुरु भएको मेलामा मुख्य प्रायोजक रहेको कम्पनीको जस्तै एकै प्रकृतिको उत्पादन अन्य कम्पनीले विक्री वितरणमा राख्न नपाउने आयोजक मोरङ व्यापार संघले जनाएपछि विवाद चुलिएको हो ।

स्थानीय उत्पादनको प्रवर्द्धनको लागि भन्दै आयोजना गरिएको विराट एक्स्पोबाट काबरा समूहको चारओटा स्टल हटाइएको छ । एक्स्पोको मुख्य प्रायोजक एशियन थाइ फूड कम्पनीको रमपम चाउचाउ हो । रमपम चाउचाउकै दबाबमा आयोजक संघ तथा एक्स्पोले अन्य कम्पनीको चाउचाउको विक्री वितरणमा रोक लगाएको बताइएको छ । काबरा समूह अन्तर्गत क्वालिटी थाई फूड्स कम्पनीको बुलेट चाउचाउको र अन्य तीनओटा उत्पादनको स्टल हटाएको छ ।

‘लिखित रुपमा कुनै जानकारी नदिएपनि व्यापार संघका एक पदाधिकारीले तथानामसहित बुलेट चाउचाउको स्टल हटाउन चेतावनी दिएपछि चारओटै स्टलसहित एक्स्पोबाट बाहिरिएका हौं,’ काबरा समूहका एक कर्मचारीले भने । यसविरुद्ध आफूहरु एक्सनमा जाने बताएका कर्मचारीले भने, ‘हिजोको दिनमा प्रदर्शनीमा सरसमान राख्ने विषयमा जानकारी गराएनन् । आइतवार चाउचाउको स्टल राखेपछि, विभिन्न बाहनामा हामीलाई निकाल्ने चेष्टा गरेका हुन् ।’

काबरा समूह अन्तर्गतको बुलेट चाउचाउ विपिन काबराले हेर्ने गर्छन् भने श्याम काबराको रोमियो र ज्याकपट चाउचाउपनि मेलाबाट हटाउन दबाब आइरहेको ती कर्मचारी बताउँछन् । एक्स्पोमा स्टल राखेबापत रकम भूक्तानी गर्न आयोजकले दबाब दिदै आएको बताएका ती कर्मचारीले भने, ‘एक्स्पोमा प्रतिस्टल ३० हजार रुपैयाँ र भ्याट गरी ४ ओटा स्टलको १ लाख ४० हजार रुपैयाँसहितको सम्झौता हुन बाँकी नै रहेको छ ।’ उनका अनुसार व्यापार संघ भित्रका केही सिमित गुटका कारण यो परिस्थिती आएको हो ।

यद्यपि व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भने, ‘मुख्य प्रायोजक भएको उत्पादन जस्तै अर्को उत्पादन विक्री नपाउने भनेर पहिलो दिनबाटै जानकारी गराएका थियौं, उहाँहरुले मान्नु भएन ।’ उनको भनाइमा असहमत व्यापार संघकै एक पदाधिकारीले प्रदर्शनी मेलाको नाममा मनोमानी गरिरहेका छन् । ‘मेला आयोजना गर्ने र एकै प्रकृतिको समान राख्न नपाउने हो भने, कम्पनी त्यहाँ किन लाखौं रकम तिर्दै सहभागी हुन्छ ?’ उनले भने ।

त्यसैगरी, हेलिकप्टरबाट स्थानीय तथा मेलामा आएका अवलोकनकर्तालाई मनोरञ्जन दिने प्रचार गरिए पनि त्यसको सम्भावना न्यून देखिएको छ । व्यापार संघले भने खराब मौषमका कारण हेलिकप्टरबाट मनोरञ्जन दिन नसकिएको बताएको छ । तर गतवर्ष उद्योग संगठन मोरङद्वारा आयोजित मेलामा हेलिकप्टर भित्र्याएका पर्यटन व्यवसायी पुण्य भट्टराईले भने एक्स्पोले सोचेजस्तो सहमति बनाउन नसक्दा यसपटक आफूहरुले हेलिकप्टर नभित्र्याएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)