ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन तहको सरकार चलाउन १ लाख ३८ हजार कर्मचारीको दरबन्दी तय, २१ दिनभित्र समायोजनको कार्य पूरा हुने

Dec 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
पुस ११, काठमाडौं । संघीय संरचना अनुसार तीनै तहको सरकार संचालन गर्न १ लाख ३८ हजार कर्मचारीको दरबन्दी टुङ्गो लागेको छ । ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ अनुसार सरकारका तिनै तह संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीको संख्या टुङ्गाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर १ लाख ३८ हजार १ सय ७८ दरबन्दी कायम गरिएको छ । नयाँ दरबन्दीअनुसार संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी रहने छन् । मन्त्रालयका कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका सहसचिव केदार प्रसाद पनेरुले यहि संरचना र दरबन्दीको आधारमा अब कर्मचारी समायोजन प्रक्रिया अघि बढ्ने बताए । सहसचिव पनेरुका अनुसार अबको २१ दिनभित्रमा कर्मचारी समायोजनको कार्य पूरा हुनेछ । स्थानीय निकायमा स्थायी कर्मचारीहरुको समायोजन गर्ने कार्य भने प्रायः सम्पन्न भइसकेको उनको भनाई छ । राष्ट्रिय किताबखानाबाट कर्मचारीको विवरण अद्यावधिक गर्नेे कार्य पनि चलिरहेको मन्त्रालयले बताएको छ । समायोजनको सूचना प्रकाशित हुनासाथ सबै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सेवा सञ्चालन हुने हरेक कार्यालयहरुमा हेल्प डेस्कको स्थापना हुनेछ । मन्त्रालयले अध्यादेशप्रति असन्तुष्टि राख्दै आएका आधिकारीक ट्रेड युनियनसँग संवाद तथा छलफल गरी गुनासा सम्बोधन तथा नीतिगत अस्पष्टता भए त्यसलाई निराकरण गर्न कर्मचारी समायोजन गुनासो व्यवस्थापन समिति गठन गरेको छ । समितिले पहिलो चरणको प्रतिवेदन पेस गरिसकेको र निरन्तर संवाद तथा छलफलका माध्यमबाट बाँकी सुझावहरुलाई समेत मनन् गर्दै अगाडि बढ्ने पनेरुले बताए । कर्मचारीहरुको सेवा सुरक्षा, सुविधा र वृत्तिविकासका हकमा तहगत रुपमा कुनै पनि विभेद नगरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)