ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छुन सकिने वस्तुलाई बढी तिर्न तयार !

Aug 26, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

पछिल्लो समयमा अनलाइनबाटै सेवा तथा वस्तु खरीद गर्ने प्रवृत्ति बढिरहेको छ । धेरैजसो देशमा अनलाइन व्यापारले खुद्रा पसलहरुको व्यापारलाई समेत विस्थापित गरिसकेको छ । तर, हालै गरिएको एक अध्ययनले उपभोक्ताले छुन सक्ने वस्तुलाई बढी मूल्य तिर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्निया इन्ष्टिच्युट अफ टेक्नोलोजी (कलटेक)का अनुसन्धाताहरु उपभोक्ताले कुनै पनि वस्तुको मूल्य कसरी निर्धारण गर्छन् र वस्तुको प्रस्तुतिले मूल्यमा कस्तो खाले असर पार्छ भन्ने विषयमा गरेको अनुसन्धानको क्रममा यस्तो तथ्य फेला परेको हो । अनुसन्धानमा अर्थतन्त्र, बजारीकरण र उपभोक्तामाझ कुनै पनि वस्तु कुन रुपमा प्रस्तुत गरिन्छ, यसले उनीहरुको तिर्ने चाहनालाई प्रभाव पार्छ कि पार्दैन भन्नेबारे खोज गरिएको थियो ।

यसैक्रममा कलटेकका न्यूरो साइन्स र अर्थशास्त्रका प्रोफेशर एण्टोनियो र्याङ्गेलले यसलाई रेष्टुराँको मेनुको उदाहरण दिँदै रेष्टुराँमा वेटरले मिठाईको नाममात्र लिँदा वा मिठाई तस्वीर भएको मेनु देखाउँदा वा मिठाईको प्लेट नै वरिपरि ल्याउँदा केले बढी असर गर्छ भन्ने प्रश्न सोधेका थिए । धेरैजसो व्यवहारसम्बन्धी सिद्धान्तहरुले प्रस्तुतिको कुनै पनि स्वरुपले असर नपुर्‍याउने कलटेकमा स्नातक अध्यनरत बेञ्जामिन बुसोहको भनाइ छ । ‘यो सिद्धान्तका केही मोडलहरुले वस्तुहरुको रोजाइ तिनीहरुको विवरण वा चयन प्रक्रियाले फरक नपार्ने सुझाएका छन्, तर हाम्रो परीक्षणले वस्तुको प्रस्तुतीकरणद्वारा धेरै प्रभाव पार्ने देखाएको छ,’ बुसोहले भने । त्यसैगरी कुनै पनि वस्तुको मूल्यमा समेत यो लागू हुने अध्ययनले देखाएको उनले बताएका छन् ।

यसको मापन गर्न कलटेक समूहले शुरुमा भोकाएका उपभोक्तालाई तीन फरक फरक तरीका– नाम मात्र लेखेर, तस्वीर देखाएर र ट्रेमा सजाएर खानेकुरा प्रस्तुत गरेका थिए । त्यसपछि समूहले यसरी प्रस्तुत गरिएको खानेकुरामा उनीहरुले कसरी खर्च गर्छन् भन्ने अध्ययन गरिएको थियो । नाम र तस्वीरमात्र भएको खानेकुराको मूल्यमा यसले खासै असर नपारे पनि ट्रेमा सजाइएको खानेकुरामा भने ग्राहकको खर्च गर्ने चाहना अन्य दुईको भन्दा ५० प्रतिशत बढी पाइएको थियो । अनुसन्धानकर्ताहरुले शुरुमा खानेकुराको वासनाले ग्राहकलाई बढी मूल्य तिर्न लालायित गराएको सोचेर गरगहनामा पनि यस्तै प्रयोग गरेका थिए । यसमा पनि छुन सकिने वस्तुलाई बढी मूल्य तिर्न ग्राहक तयार हुने तथ्य नै बाहिर आएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)