ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुद्धको उडान विस्तार रणनीति : अन्तरराष्ट्रिय उडान गर्न पोखरामा नयाँ कम्पनी

Jan 2, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । बुद्ध एयरले अन्तरराष्ट्रिय बजारमा उडान पहुँच विस्तार गर्न गृहकार्य थालेको छ । यसका लागि बुद्धले पोखरामा ‘बुद्ध एयर’कै नाममा नयाँ कम्पनी खोल्ने तयारी गरेको हो । ६ महीनाभित्र आर्थिक र प्राविधिक विषय टुंगो लगाएर कम्पनी खोल्ने तयारी गरिएको छ । नयाँ कम्पनीको नाम ‘बुद्ध एयर इन्टरनेशनल’ राख्ने योजना रहेको बताइएको छ । पर्यटक आगमन बढेको र पोखरामा यसको सम्भावना उच्च देखेपछि अन्तरराष्ट्रिय उडानलाई लक्षित गरेर उक्त रणनीति अघि सारेको हो । कम्पनीका बजार निर्देशक रूपेश जोशीले उडानलाई विस्तार गर्ने रणनीतिअनुसार पोखरामा कम्पनी स्थापना गरेर अन्तरराष्ट्रिय उडान गर्ने योजना अघि बढाइएको जानकारी दिए । सन् २०२० सम्ममा निर्माण हुने भनिएको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुँदासम्म बुद्धले पनि कम्पनी स्थापना गरी जहाज खरीद प्रक्रिया पनि टुंग्याउने तयारी गरेको छ । ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल निकै साँघुरो छ । पोखरा विमानस्थललाई विस्तार र स्तरोन्नति गरी क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना छ । अन्तरराष्ट्रिय उडान गर्न समय लाग्ने भएकाले यसका प्रक्रिया मिलाउनका लागि अहिलेदेखि नै कम्पनी खोल्ने योजना बनाएका छौं,’ जोशीले भने । पोखरा विमानस्थलको विस्तार र स्तरोन्नतिको काम पूरा हुन अभैm २ वर्ष लाग्ने बताइएको छ । अन्तरराष्ट्रिय उडानका लागि अनुमति, जहाजलगायत विषयको टुंगो लगाउनुपर्ने हुन्छ । उनका अनुसार नयाँ कम्पनी खोल्ने भन्ने विषय अहिले प्रारम्भिक चरणमै छ । नयाँ स्थापना हुने कम्पनी पब्लिक कम्पनीका रूपमा विकास गर्ने कि भन्ने योजनामा पनि कम्पनीले गृहकार्य गर्ने भएको छ । जोशीका अनुसार बुद्ध एयरसँग अहिले आन्तरिक उडान थप्ने कि अन्तरराष्ट्रिय उडान विस्तार गर्ने भन्ने दुई विकल्प भएकामा अन्तरराष्ट्रिय उडान विस्तार गर्ने योजनालाई छानेको छ । बुद्ध एयरसँग अन्तरराष्ट्रिय उडानको लाइसेन्स छ । बुद्धले अहिले भारतको बनारसमा सातामा २ उडान गर्दै आएको छ । वैशाखदेखि नै कोलकाता पनि उडान गर्ने योजना छ । कोलकातामा सोमवार, बुधवार र शुक्रवार गरी साताको तीनपटक उडान गर्ने कार्यक्रम भएको जोशीले जानकारी दिए । उनका अनुसार आउँदो फरबरीमा बुद्धका दुईओटा नयाँ जहाज आउँदै छन् । अहिले बुद्धसँग ६ ओटा ठूला र १८ सीटका २ ओटा गरी ११ ओटा जहाज छन् । माउन्टेन उडानसहित भद्रपुर, विराटनगर, तुम्लिङटार, सिमरा, भरतपुर, जनकपुर, पोखरा, नेपालगञ्ज र धनगढीमा बुद्धले उडान गर्दै आएको छ । उडान र अवतरण गरी दैनिक १ सय उडान हुने गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)