ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीवाईडीको नाफा २६ गुणा बढी

Aug 27, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

भदौ १०, हङकङ (चीन) । सन् २०१३ को प्रथम अर्धवार्षिक अवधिमा चिनियाँ अटो तथा ब्याट्री निर्माता ‘विल्ड योर ड्रिम’(बीवाईडी)को नाफामा उच्च वृद्धि भएको छ । कम्पनीका अनुसार जनवरी–जुन अवधिमा बीवाईडीको नाफा गतवर्षको तुलनामा २६ गुणा बढेर ४२ करोड ७० लाख युआन (७० लाख डलर)मा उक्लिएको छ । नाफा बढ्नुमा विश्वकै सबैभन्दा ठूलो कार बजार चीनमा विक्रीदरमा भएको वृद्धिले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सोही अवधिमा कम्पनीको आम्दानीसमेत १३ प्रतिशतले बढेर २४ अर्ब २० करोड युआनमा उक्लिएको छ । यो वर्षको जुनसम्मको अवधिमा कम्पनीद्वारा निर्मित अटोको विक्री २५ प्रतिशतले बढेर २ लाख ५० हजार थान पुगेको छ । सोही अवधिमा ब्याट्री तथा टेलिफोनको ह्याण्ड सेटबाट हुने आम्दानी बढेको बताइएको छ । घरेलु बजारमा कार विक्रीमा गरिएको कडाइसँगै चालू त्रैमासमा भने नाफा घट्ने कम्पनीको अनुमान छ । बीवाईडीमा अमेरिकी अर्बपति वारेन बफेटको १० प्रतिशत शेयर रहेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)