ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी उद्योग अझै घाटामा

Jan 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । सरकारले उद्योगीको समस्या समाधान नगर्दा चिनी उद्योग अझै घाटामा रहेको पाइएको छ । नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार सरकारले चिनीको वैज्ञानिक मूल्य निर्धारण नगर्दा उद्योगहरू घाटामा चल्नुपरेको हो । उनका अनुसार हाल चिनी प्रतिकिलो रू. ५५ मा उद्योगीले विक्री गरिरहेका छन् । यसले गर्दा उद्योगहरू अत्यधिक घाटामा छन् । चिनी घाटामा विक्री गर्नुपर्दा चिनी किसानको बक्यौता रकम तिर्नसमेत उद्योगीलाई हम्मेहम्मे परेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवारको बैठकमा अग्रवालले भने, ‘यही अवस्था रहिरहे व्यवसायीले बाँकी रकम तिर्न सक्दैनन्, त्यसको जिम्मा सरकारले लिनुपर्छ ।’ उनका अनुसार सरकारले चिनीको यथार्थपरक मूल्य तत्काल तोक्नुपर्छ । वैज्ञानिक मूल्य तोकियो भने मात्रै उखु किसानको बक्यौता रकम तिर्न उद्योगीलाई समस्या पर्ने छैन । उत्पादित चिनीलाई उचित बजारको प्रबन्ध मिलाउनसमेत संघले आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले भने चिनी उद्योग सञ्चालनका लागि उद्योगीलाई आग्रह गरे । उनले चिनी उद्योग सञ्चालनका लागि चिनी व्यवसायीसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे । चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम उद्योगीले गरिरहेको आरोप लगाउँदै मन्त्री यादवले चिनी उद्योगीलाई सर्वसाधारण भएर सोच्न आग्रह गरे । उनले भने, ‘चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरूले उद्योग बन्द गराउन खोजेको भेटियो ।’ मन्त्री यादवले भने, ‘उद्योगीकै सल्लाहमा सरकारले चिनी आयातमा प्रतिबन्ध लगायो, सरकार उद्योगी÷व्यवसायीकै हितमा छ, उद्योगीले पनि सही रूपमा उद्योग चलाएर सरकारलाई सहयोग गर्नुप¥यो ।’ उनले उपभोक्ताको ढाड सेक्ने गरी चिनीको भाउ बढाउन नसकिने स्पष्ट पारे । उनका अनुसार सरकारले चिनी र उखुको मूल्य तोक्नेसमेत तयारी गरेको छ । आगामी २ दिनभित्र मूल्य तोक्ने गरी मन्त्रालयले अन्तिम गृहकार्य गरिरहेको बताइएको छ ।
उद्योगहरूले निँहु खोज्ने काम गर्नु भएन मातृकाप्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री उद्योगहरूले चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा उद्योग नै बन्द गराउन खोजेको पाए । चिनी उद्योगीहरूको सल्लाहमा सरकारले चिनी आयातमा प्रतिबन्ध लगायो । सरकार उद्योगी÷व्यवसायीकै हितमा भएर नै प्रतिबन्ध लगाएको हो । सरकारले सहयोग गर्दागर्दै उद्योगहरूले निँहु खोज्ने काम गर्नु भएन । यसरी कहिलेसम्म उद्योग चलाउने ? शशिकान्त अग्रवाल अध्यक्ष, नेपाल चिनी उत्पादक संघ सरकारले वैज्ञानिक ढंगले चिनीको मूल्य तोक्न सकेको छैन । सस्तोमा चिनी विक्री गर्दा उद्योग अत्यधिक मारमा छन् । यसरी कहिलेसम्म उद्योग चलाउने ? वैज्ञानिक किसिमले मूल्य तोकिएमा उखु किसानको बक्यौता रकम तिर्न संसदीय समितिले पटकपटक चिनी उद्योगहरूलाई भन्नुपर्ने अवस्था आउने छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)