ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाइडबडी र रेशम चौधरी सपथ प्रकरणको सरकारबाट बचाउ

Jan 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
पुस १९, काठमाडौं । नेपाल वायु सेवा निगमले खरीद गरेको दुई वाइडबडी विमान खरीद प्रकरणमा आवश्यक परे सरकार आफैंले न्यायिक छानबिन समिति बनाएर जाने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहर गर्न थप अनुसन्धान आवश्यक रहेको समेत दावी गरे । संसदको सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले बुधवार दिएको प्रतिवेदनले दोषी देखाउँदैमा कारबाही नहुने बताउँदै उनले आरोप लगाउँदैमा कोही पनि अभियुक्त नहुने र त्यसको पुष्टि गर्न अझै केहि प्रक्रिया बााकी रहेको बताए । मन्त्री बाँस्कोटाको भनाईले उपसमितिले बुझाएको प्रतिवेदनले अनियमितता गरेको भनेर किटेका ब्यक्तिको बचाउ गरेको छ । उपसमितिको प्रतिवेदनलाई खोट देखाउँदै उनले उक्त प्रकरणमा सरकार आफैंले अर्को न्यायिक समिति बनाएर अगाडि जाने संकेत गरेको छ । उनले भने, ‘उपसमितिले आफ्नो प्रतिवेदन दिएको छ । लेखा समितिको पूर्ण बैठकमा यसमा छलफल होला । अरु निकाय पनि छन् । आवश्यक परे यस विषयमा सरकारले पनि छानविन गर्ला । तर, उपसमितिको प्रतिवेदनकै आधारमा कारवाही हुन्छ भन्ने कुरा तर्क संगत छैन् ।’ यसको अर्थ उपसमितिको प्रतिवेदनलाई पूरै उपेक्षा गर्न वा भ्रष्टाचार ढाकछोप गर्न सरकारले अर्को समिति बनाउने भन्ने खालको व्याख्या नगर्न पनि बाँस्कोटाले आग्रह गरेका छन् । ‘मामाको छोरा, फूपुको छोरा, नजिजको भनेर छोड्ने विषय होइन् । तर यथार्थ बाहिर नआउँदासम्म धैर्य गर्नु पर्छ,’ मनत्री बाँस्कोटाले भने । रेशम चौधरीको सपथ र थुना दुवै कानून सम्मत यता, बिहीवारै टिकापुर घटनाका मुख्य अभियुक्त बनाएर कारागारमा राखिएका कैलाली १ बाट प्रतिनिधिसभामा राजपाका तर्फबाट विजयी रेशमलाल चौधरीलाई सांसद पदमा सपथग्रहण गराइएको विषयको पनि मन्त्री बाँस्कोटाले बचाउ गरेका छन् । उक्त विषयमा प्रष्टीकरण दिँदै मन्त्री बाँस्कोटाले यो न्यायिक प्रक्रियाकै चरण भएको बताए । उनले यस प्रकरणमा भएका सबै कुरा कानून बमोजिम नै भएको दाबी गर्दै भने, ‘सांसद पदमा जितेकोले सांसदको सपथ गराइयो । अन्य अभियोगमा अदालतको आदेश अनुसार फेरि थुनामा लगियो । यो कानून र विधि विधान भित्रैबाटै भएको छ ।’ छिमेकी राष्ट्र भारतको दबाबमा सपथ खुवाइएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री बाँस्कोटाले नेपाल स्वतन्त्र सार्वभौम रहेकाले यताका वा उताका कसैको दबाबमा सपथ नगराएको दावी गरे । उनले त्यस्तो गर्ने जमाना उहिल्यै अन्त भएको पनि जवाफ दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)