ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारू प्रतिबन्धको असर अर्थतन्त्रमा : ‘नेपाली मुद्रा प्रयोगमा जोड गरौं’

Jan 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल सरकारले १ सयभन्दा माथिका भारतीय रुपया (भारू)का नोट चलनचल्तीमा प्रतिबन्ध लगाएपछि अर्थतन्त्रमा केही असर देखिन थालेको छ । यसअघि भारतले भारू ५ सय र १ हजार दरका नोट खारेज गर्दा पनि नेपाली अर्थतन्त्रले केही समय प्रतिकूल अवस्थाको सामना गरेको थियो । त्यसरी खारेजीमा परेका केही भारू अझैसम्म नेपाली बैंकिङ प्रणालीमा भए पनि तिनको सटहीका विषयमा कुनै निकास निस्किएको छैन । यसबारे नेपाल सरकारले भारतीय पक्षसँग पटकपटक कुरा गरे पनि सुनुवाइ हुन सकेको छैन । उक्त नोटबन्दीबाट घाटा बेहोरिरहेका नेपालीले यति बेला अन्य भारू नोट प्रतिबन्धको असर समेत सामना गर्नु परेको छ । भारू प्रतिबन्धले यति बेला उद्योग, पर्यटन, शिक्षा, ढुवानी लगायत व्यवसायमा असर परेको गुनासो निजीक्षेत्रबाट आउन थालेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रको व्यवसाय मात्रै घटेको छैन, त्यहाँका जनताको दैनिक जीवन नै असहज बनेकोे स्थानीयले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा सरकारले गरेको यो निर्णयमा चित्तबुझ्दो कारण थाहा नभएको बताउँछन् । उनका अनुसार भारू प्रतिबन्धले सीमावर्ती क्षेत्रको व्यापार र आवागमन असहज बनेको छ । यसअघि नेपाल सरकारले २५ हजार भारूसम्म जुनसुकै दरका नोट बोक्न छूट दिएको थियो । भारतले एक व्यक्तिको २५ हजारसम्मको नोट सटही गर्ने यसअघिको प्रतिबद्धतालाई कार्यान्वयन नगरेकाले यस्तो जोखिम हुने मुद्रालाई चलनचल्तीमा ल्याउन नहुने अर्थविद् डिल्लीराज खनालको भनाइ छ । भारत सरकारले भुटानमा रहेका भारू सटही गर्‍यो । तर, नेपालका विषयमा कुनै चासो नदिएको उनको टिप्पणी छ । ‘यस व्यवहारले नेपाललाई विभेद गरेको देखिन्छ,’ उनले भने, ‘यस्तो समस्या दोहोरिन नदिन र अर्थतन्त्रमा नेपाली नोटको प्रयोग थप प्रगाढ बनाउन सरकारको निर्णय ठीक छ ।’ विशेषगरी तराई तथा सीमावर्ती क्षेत्रका जनता सधैं समस्यामा पर्ने गरेकाले तत्कालका लागि केही असहज भए पनि दीर्घकालमा फाइदा हुने उनको विश्लेषण छ ।
तत्काल केही असहज हुन सक्छ भीष्मराज ढुंगाना, कार्यकारी निर्देशक विदेशी विनिमय व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक भारत सरकार आफैले खारेज गरेका ५ सय र १ हजार दरका भारू नोट सटहीबारे लामो समयसम्म मौन छ । भारतले एक व्यक्ति बराबर २५ हजारसम्मको नोट सटही गरिदिन्छौं भने पनि कार्यान्वयनमा आएन । भारतले कति बेला के निर्णय गर्छ टुंगो हुँदैन । यसैले भविष्यमा यस्तो जोखिम आउन नदिन नेपाली मुद्रालाई नै व्यापक बनाउने हो । त्यही भएर नेपाल सरकारले १ सय बाहेक सबै दरका भारू नोटमा प्रतिबन्ध लगाएको हो । तसर्थ यसले तत्कालका लागि केही असहज भए पनि अर्थतन्त्रलाई फाइदै पुर्‍याउँछ । यद्यपि १ सय दरका नोट त अझै पनि चलनचल्तीमै छन् । अब भारूभन्दा नेपाली मुद्रा नै सुरक्षित छ भन्ने सबैले बुझ्नुपर्‍यो । पर्यटनमा नोक्सानी हुने देखिन्छ कमलेश अग्रवाल उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श भारतीय नोटको प्रतिबन्धले नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा नकारात्मक असर पुग्ने देखिन्छ । नेपालको ६५ प्रतिशत व्यापार भारतसँग छ । बैंकिङ प्रणालीबाट सबै कुरा सम्भव हुँदैन । त्यसैले भारू नोटको प्रतिबन्धले भारतसँगको व्यापारमा समस्या देखिने सम्भावना छ । भारतमा रोजगारी गर्ने सीमाक्षेत्रका नेपालीलाई यसले ठूलो असर पु¥याएको छ । भारू नोटको प्रतिबन्धले पर्यटन क्षेत्रमा समेत ठूलो असर पुग्ने देखिन्छ । भारूमै खर्च गर्ने भारतीय धार्मिक पर्यटकलाई भारू प्रतिबन्धले अप्ठ्यारो हुने देखिन्छ । यसले भारतीय पर्यटक घट्ने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)