ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक आगमन २५% वृद्धि

Jan 9, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या करीब २५ प्रतिशतले वृद्धि भएको छ । २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएको अध्यागमन विभागले जानकारी दिएको छ । सन् २०१७ मा कुल ९ लाख ४० हजार २ सय १७ पर्यटकले नेपाल भ्रमण गरेको विभागको तथ्यांक छ । २०१८ मा हवाई मार्गबाट ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेको विभागको तथ्यांकमा उल्लेख छ । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्या गतवर्षकोे तुलनामा २५ दशमलव १ प्रतिशतले वृद्घि भई २ लाख ४ सय ८३ पुगेको छ । त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्या २०१७ को तुलनामा ५५ दशमलव ७ प्रतिशत वृद्धि भएको विभागले बताएको छ । फलस्वरूप, सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या २६ दशमलव ४ प्रतिशतले वृद्धि भएर ३ लाख १ हजार ९ सय ६३ पुगेको छ । नेपालका लागि दोस्रो प्रमुख पर्यटन बजार चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार ६ सय २ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन २०१७ को तुलनामा ४६ दशमलव ८ प्रतिशत बढी हो । त्यसैगरी थाइ पर्यटकको संख्या ३६ प्रतिशत, दक्षिण कोरियालीको संख्या ८ दशमलव ३ प्रतिशत र जापानी पर्यटकको संख्यामा ८ दशमलव ९ प्रतिशतले वृद्धि भएको विभागले जानकारी दिएको छ । यूरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । संयुक्त अधिराज्यका पर्यटक १५ दशमलव ६ प्रतिशत वृद्धि सहित ६३ हजार ८६ पुगेको छ भने जर्मन पर्यटक २३ दशमलव १ प्रतिशत वृद्धि सहित ३६ हजार ८ सय ३३ पुगेको छ । फ्रान्सेली पर्यटक २१ दशमलव १ ले बढेर ३१ हजार ६ सय ५३ पुगेको विभागले जानकारी दिएको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भई ९१ हजार ७ सय ८५ पुगेको छ । त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यकटकको संख्या १५ दशमलव १ प्रतिशतले बढेर ३८ हजार ४ सय ८ पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक आगमनमा भएको वृद्घिले सबैलाई उत्साहित बनाएको बताए । यसबाट नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिका लागी बलियो आधार तयार भएको उनको प्रतिक्रिया छ । अधिकारले भने, ‘सरकार र निजीक्षेत्रको संयुक्त प्रयास फलस्वरूप यो सफलता प्राप्त भएको छ । अब पर्यटनको गुणात्मक विकासमा सबै लाग्न जरुरी छ ।’ नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीका अनुसार ३ वर्षयता पर्यटन आगमनमा देखिएको वृद्धिले सम्पूर्ण सरोकारवालामा उत्साह र आत्मविश्वासको सञ्चार गरेको बताए । भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो आगमनले सहयोग गर्ने बताउँदै उनले यसका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले पर्यटन आगमन हाल सम्मकै उच्च रहेकाले यसलाई रेकर्ड ब्रेक मान्न सकिने बताए । उनले भने, ‘संख्या बढ्नु सकारात्मक नै हो, तर २०२० का लागि २० लाख पर्यटक ल्याउने चुनौती बाँकी नै छ ।’ त्यसका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)