ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल लगानी सम्मेलन २०१९ : विदेशी लगानी चाहिने आयोजनाको अध्ययन शुरू

Jan 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । स्वदेशी पूँजीबाट मात्रै अघि बढाउन नसकिने आयोजनाहरूका लागि विदेशी लगानी जुटाउन अध्ययन थालिएको छ । त्यसका लागि लगानी बोर्डले निजीक्षेत्रसँगको सहकार्यमा सम्भावित आयोजनाहरूको अध्ययन थालेको हो । लगानी बोर्डका सहसचिव उत्तमभक्त वाग्लेले मुलुकमा ठूला आयोजना बनाउन स्वदेशी पूँजीले नसकिने भएकाले विदेशी लगानी जुटाउन अध्ययन थालिएको जानकारी दिए । उनका अनुसार बोर्डले त्यस्ता आयोजनाको अध्ययनलाई तीव्र पारेको छ भने निजीक्षेत्रलाई समेत अध्ययन गर्ने जिम्मेवारी दिएको छ ।

चैतमा हुन लागेको लगानी सम्मेलनमा निजीक्षेत्रले लगानी आवश्यक देखेको आयोजनालाई बोर्डले पहिलो प्राथमिकतामा राख्नेछ । वाग्लेले भने, ‘लगानी सम्मेलनमा निजीक्षेत्रको अध्ययनबाट उपयुक्त देखिएका आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर लगानीकर्तालाई लगानी गर्न आ≈वान गर्छौं ।’ बोर्डले निजीक्षेत्रलाई माघ मसान्तसम्मको समय दिँदै विदेशी लगानी आवश्यक पर्ने आयोजनाको छनोट गर्न आग्रह गरेको छ ।

लगानी सम्मेलनमा जलविद्युत्, कृषि, पर्यटन, भौतिक निर्माण, खनिज तथा अन्य महत्वपूर्ण आयोजनाहरूमा लगानी गर्न प्रस्ताव गर्ने सरकारको तयारी छ । अघिल्लो सम्मेलनमा कुल १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । त्यसमध्ये असाध्यै न्यून रकम मात्रै सरकारले प्राप्त गरेको यसअघि नै सरकारले स्वीकारिसकेको छ ।

यस्तो अवस्थामा आगामी चैतमा आयोजना गर्न लागिएको सम्मेलनलाई परिणाममुखी बनाउन बोर्डले अध्ययन गर्न थालेको हो । यसबाट लगानीकर्तासमक्ष सही रूपमा प्रस्तुत हुन सहयोग पुग्ने वाग्लेले बताए । उनले भने, ‘अघिल्लो पटक आयोजना गरिएको लगानी सम्मेलनमा दातृ निकायले प्रतिबद्धता व्यक्त गरे पनि रकम आएन, यसको समीक्षा भएको छ ।’ उनका अनुसार लगानी सम्मेलनअघि सरकारले गर्नुपर्ने पूर्वतयारीलाई कुनै कमी हुन नदिने गरी काम भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)