ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अजयराज सुमार्गीले इन्भेस्टमेण्ट बैंकबाट निकालेको रकम फिर्ता गर्न सर्वोच्चको आदेश

Jan 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
पुस २६, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि लामो समय बैंकमा अड्किएको पौने ३ अर्व रुपैयाँ निकालेका व्यापारी अजयराज सुमार्गीले उक्त रकम फिर्ता गर्नु पर्ने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकबाट सुमार्गीले झिकेकोे सो रकम यथास्थितिमा राख्न सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंक लगायतका निकायलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलाशले सुमार्गीबाट झिकिएको रकम यथास्थितिमा राख्न आदेश दिएको हो । मंगलवारको संयुक्त इजलाशले उक्त आदेश दिएको भएपनि बिहीवार मात्र आदेशको पूर्ण विवरण आएको हो । सो विवरणमा व्यापारी सुमार्गीले बैंकमा रहेको रकम निकाल्न नपाउने र निकालिसकेको रकम समेत यथास्थितिमा राख्नुपर्ने आदेश दिएको छ । यहि पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलाशले इन्भेस्टमेन्ट बैंकमा रहेको सुमार्गीको रकम झिक्न सक्ने गरी अन्तरिम आदेश दिएको थियो । जोशीको एकल इजलासले मुक्ति श्री सिमेन्टको नाममा आएको भनिएको रकम झिक्न मिल्ने गरी अन्तरिम आदेश जारी गरेको थियो ।  उक्त आदेश पछि सुमार्गीले पुस २१ गते बैंक खातामा लामो समय रोक्का रहेको झण्डै ३ अर्व रुपैयाँ झिकेका थिए । न्यायाधीश जोशीद्धारा दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने–नदिने सम्बन्धमा मंगलवार बहस भएको थियो । संयुक्त इजलाशले सुमार्गी विरुद्ध सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न पनि सम्पत्ति शुद्धिकरण विभागलाई सुझाव दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)