ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुपयालाई टेवा दिन ईश्वरको सहारा

Sep 1, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

भदौ १५, मुम्बई (भारत) । भारत सरकारले रुपयाको भाउमा आएको अवमूल्यन रोक्न मन्दिरको ढोका ढकढकाएको छ । शृङ्खलाबद्ध प्रयास हुँदाहुँदै पनि डलरको तुलनामा रुपयाको भाउमा आएको कमी रोक्न नसकेपछि ‘रिजर्व बैङ्क अफ इण्डिया’ (आरबीआई)ले अन्ततः त्यहाँका तिरुपति, सिरडीलगायतका मन्दिरसँग भएको सुन बेच्न आग्रह गरेको एक स्रोतले बताएको छ । सुन आयातमा कडाइ गरेको आरबीआईले यी मन्दिरका ‘ट्रष्ट’ पदाधिकारीहरूलाई मन्दिरसँग भएको सञ्चिति सुन बेच्न मनाउनेबारे छलफल गरिरहेको नाम नखुलाउने शर्तमा एक स्रोतले भन्यो ।

यसका लागि आरबीआईले आन्ध्र प्रदेशमा रहेको तिरुपति मन्दिर, महाराष्ट्रको सिरडी साईबाबाको मन्दिर, मुम्बईको सिद्धि विनायक र त्रिरुअन्तपुरम्को पद्ममनाभजस्ता सुन तथा बहुमूल्य धातुको उच्च सञ्चिति भएका मन्दिरसँग वार्ता गरिरहेको छ । स्रोतका अनुसार बैङ्कले यी मन्दिर ट्रष्टको खाता सञ्चालन गर्न र सुन बेच्न मनाउन कोशिश गरिरहेको छ । यसबारे थप जानकारी लिन खोज्दा बैङ्कले कुनै पनि जवाफ नदिएको बताइएको छ । उता, सुन बेच्ने मन्दिरको योजना नरहेको र आरबीआईसँग समेत वार्ता नभएको तिरुपति ट्रष्टका प्रवक्ताको भनाइ छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)