ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हवाई भाडा घटेपछि कहाँ जान कति लाग्छ ?

Jan 12, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
पुस २८, काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले शुक्रवार हवाई इन्धनको मूल्य समायोजन गरेपछि एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपालले हवाई भाडा समायोजन गरेको हो । समायोजन गरिएको भाडा आइतवारदेखि लागू हुने छ । एसोसियशनको शुक्रवार बसेको बैठकले आइतवारदेखि लागू हुनेगरी आन्तरिकतर्फको हवाई भाडादर घटाएको हो । बिहीवार सरकारले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले हवाई इन्धनको मूल्य घटाउने घोेषणा गरेलगत्तै नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । साविकको विक्री मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ ५० पैसामा १० रुपैयाँ मूल्य घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको छ । घटेको मूल्य अनुसार काठमाडौंबाट विभिन्न क्षेत्रको हवाई भाडा न्यूनतम ९० रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म घटेकोे छ । आइतवारदेखि लागू हुने नयाँ हवाई भाडादर :- स्रोत : एयरलाइन्स अपरेटर एसोसियशन्स अफ् नेपाल नयाँ भाडादर अनुसार सबैभन्दा कम काठमाडौं सिमरा रुटमा ९० रुपैयाँ र सबै भन्दा बढि धनगडी रुटमा ४ सय ४० रुपैयाँ घटेको छ । यस्तै माउण्टेन फ्लाइटको भाडादर ११ हजार तीन सय कायम गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)