ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहुलियत कर्जामा आकर्षण : पहिलो चरणमा २० हजारको आवेदन

Jan 15, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै उद्यम गर्नका चाहनेका लागि सरकारले दिने सहुलियत कर्जा लिन करीब २० हजार युवा इच्छुक देखिएका छन् । सरकारले सहुलियत ब्याजदरमा कर्जा दिने भएपछि ती युवाले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा ऋणका लागि आवेदन दिएका हुन् । आवेदन दिने समय सीमा सोमवारसम्म रहेको थियो । आवेदन दिनेमध्ये १८ हजार युवाले लिखित र २ हजारले इमेलमार्फत आवेदन दिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राप्त निवेदनमाथि छानविन गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा बुझाइनेछ । मन्त्रालयको सिफारिशमा वाणिज्य बैंकहरूले उनीहरूको व्यावसायिक योजना हेरेर बढीमा १० लाख रुपैयाँसम्म ऋण दिनेछन् । सहुलियत कर्जा दिन सरकारले उच्चस्तरीय कार्यदलसमेत बनाइसकेको छ । राष्ट्रिय वाणिज्य बैंकले गत साता नै सरकारले गरेको घोषणाअनुसार कर्जा दिने बताइसकेको छ । वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै केही गर्न चाहनेहरूलाई सहुलियत दरमा कर्जा दिने घोषणा सरकारले चालू आर्थिक वर्षको बजेटमार्पmत गरेको थियो । आवेदन दिनेहरू कुनै पनि देशमा रोजगारी गरेको कम्तीमा ६ महीना र वैदेशिक रोजगारीबाट फर्किएको ३ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यस्तो कर्जा विदेशको आवासीय अनुमतिपत्र लिएकाहरूले भने पाउने छैनन् । आवेदन दिनेले आवेदनसँगै आफूले गर्ने व्यवसायका लागि आवश्यक बजेट र आपूmले गर्ने व्यवसायका बारेमा स्पष्ट उल्लेख गरेको हुुनुपर्ने छ । यस्तो कर्जाको ब्याज ३ प्रतिशत मात्र हुनेछ । यो कर्जा ५ वर्षभित्र फिर्ता गरिसक्नु पर्ने छ । बैंकहरूले व्यावसायिक योजनाअनुसार किस्ता किस्तामा कर्जा दिनेछन् । पहिलो किस्ता दिइसकेपछि योजनाअनुसारको काम भए नभएको अनुगमन गरेर मात्रै दोस्रो किस्ता दिइने बोर्डले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)