ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार बीमामा एकद्वार प्रणाली

Jan 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जीवन बीमा एकद्वार प्रणालीबाट गर्न शुरू गरेका छन् । यस्तो प्रकृतिको बीमालाई व्यवस्थित, प्रभावकारी तथा वैज्ञानिक बनाउने उद्देश्यले एकद्वार प्रणाली (पुल) को व्यवस्था गरिएको हो । बीमा समितिले सबै कम्पनीलाई परिपत्र गरी एकद्वार प्रणालीबाट वैदेशिक रोजगार बीमालाई अगाडि बढाउन निर्देशन दिएको थियो । सोही अनुसार कम्पनीहरूले गत मंगलवारदेखि नै वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई एकद्वार प्रणालीबाट अगाडि बढाएका छन् । हालसम्म बीमा कम्पनीहरूले छुट्टाछुट्टै रूपमा यस्तो बीमा गर्दै आएका थिए । यद्यपि, विधिवत् रूपमा पुलको गठन भने गरिएको छैन । साथै यस सम्बन्धी कार्यविधि पनि बन्न बाँकी छ । यस्ता विषयलाई दृष्टिगत गर्दै समितिले आगामी माघ १५ गतेभित्र सबै कम्पनीको सहमतिमा कार्यविधि बनाई प्रस्तुत गर्न निर्देशन दिएको छ । पुल गठन नभएसम्म भने विद्यमान व्यवस्था अनुसार नै यस व्यवसायलाई अगाडि बढाइने छ । कार्यविधि बनेपछि भने एउटै कार्यालय अथवा एकद्वार प्रणालीमार्फत बीमालेखको विक्री गरिनेछ । तर, माघ १ गतेदेखि जारी भएका बीमालेख तथा व्यवसाय पुलमा नै संकलन हुनेछन् र हरेक वर्षको अन्त्यमा कम्पनीको बजार अंश अनुसार उक्त व्यवसायको बाँडफाँट गरिनेछ । हाल नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरत बस्नेतको संयोजकत्वमा रहेको समितिले कार्यविधि बनाउने विषयमा अध्ययन गरिरहेको छ । तोकिएको मितिभित्र नै कार्यविधि बनाएर बीमा समितिमा पेश गरिने समितिका सदस्य तथा प्राइम लाइफ इन्स्योरेन्सका सीईओ मनोजकुमार भट्टराईले बताए । पछिल्लो समयमा वैदेशिक रोजगार बीमाक्षेत्रमा नक्कली बीमालेख जारी हुने जस्ता विकृति मौलाउँदै गएको थियो । साथै कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा पनि बढ्दै गएको देखिन्छ । यसरी वैदेशिक रोजगार बीमामा देखिएको समस्यालाई पुलमार्पmत अन्त्य गर्ने प्रयास गरिएको समितिको भनाइ छ । हाल कायम गरिएको बीमा व्यवसायको अंशको अनुपात चालू आर्थिक बर्ष (आव) २०७५÷७६ सम्मका लागि मात्र हो । आगामी आवमा बीमाको हिस्सा परिवर्तन गरिने छ र यो व्यवस्था लागू भएको चौथो बर्ष तथा आव २०७८÷७९ देखि भने सबै कम्पनीले समान हिस्सा पाउने व्यवस्था गरिएको छ ।
विकृतिको अन्त्य गर्न पुलको व्यवस्था चिरञ्जीवी चापागाईं, अध्यक्ष, बीमा समिति विगतमा वैदेशिक रोजगार बीमाक्षेत्रमा नक्कली बीमालेख जारी हुने जस्ता विभिन्न समस्या देखियो । साथै, अस्वस्थ प्रतिस्पर्धा पनि बढ्यो । त्यस्ता समस्या कम गर्न यस व्यवस्थाले सहयोग गर्ने अपेक्षा छ । साथै, एकद्वार प्रणालीमार्फत बीमा व्यवसाय अगाडि बढाउँदा लगानी पनि कम लाग्छ । यसको नतीजा राम्रो देखिएमा निकट भविष्यमा बीमाशुल्क दर पनि सस्तो बनाउँछौं । राम्रो काम तर सफल कार्यान्वयन आवश्यक मनोज कुमार भट्टराई प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इन्स्योरन्स यो व्यवस्था कम्पनी र वैदेशिक रोजगारीमा जाने कामदार दुवैका लागि लाभदायक भएकोले राम्रो छ । विगतमा नक्कली बीमालेख जारी हुँदा कम्पनीको बदनामसँगै बीमितका परिवारले पनि पीडा भोग्नु प¥यो । एकद्वार प्रणालीबाट बीमा कार्यक्रम अघि बढाइओ भने यस्तो समस्या आउँदैन । यसले समग्र बीमाक्षेत्रलाई नै मर्यादित पनि बनाउँछ । यसको सफल कार्यान्वयन हुन भने आवश्यक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)