ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रेल किन्न यातायात मन्त्रालयलाई स्वीकृति, पानी जहाज कार्यालय स्थापना हुँदै

Jan 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

माघ ३, काठमाडौं । सरकारले जी टु जी (दुई सरकारबीच खरीद विक्री) प्रक्रियामा रेल किन्ने भएको छ । यसको लागि मन्त्रिपरिषदले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी स्वरुप सरकारले रेल किन्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले जनकपुर–जयनगर रेल सेवा फागुनदेखि नियमित सञ्चालन गर्ने तयारी गरेकोले रेल खरीद गर्न स्वीकृत प्रदान गरिएको बताए ।

सरकारले रेल किन्न यस अघि नै ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । भारतको जयनगरबाट नेपालको जनकपुर आउने दुई थान रेल किन्न १ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएपनि पहिलो चरणमा रेल खरीदका लागि सरकारले ५० करोड रूपैयाँ बजेट छुट्टाएको थियो । जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको हो । रेलको लिक ओछ्याउने काम सम्पन्न भैसकेको छ ।

पानी जहाज कार्यालय पनि स्थापना हँदै यसैबीच, सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले नेपाल पानी जहाज कार्यालयको संगठन संरचना र दरबन्दि स्वीकृत गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जानकारी दिए । सप्तकोशीमा पानी जहाज सञ्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दिसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बाँस्कोटाले बताए । उनले भने, ‘अब कागजको पानी जहाज होइन साँच्चै पानी जहाज चलाउने गरी सरकार अघि बढेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)