ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब पेट्रोलमा पनि कर्फ्यु !

Sep 5, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामीले राजनीतिक तथा सामाजिक सङ्कटको समयमा सरकारले कर्फ्यु लगाउने गरेको देख्दै र सुन्दै आइरहेका छौं । तर, भारतीय एक उच्च अधिकारीले भने पेट्रोलमा कर्फ्यु लगाउने योजना अघि सारेका छन् । भारतीय तेलमन्त्री भिरप्पा मोलीले इन्धनको आयातमा भएको वृद्धिले फराकिलो बनेको चालू खाताघाटा र व्यापारघाटा कम गरी रुपैंयालाई टेवा दिन साँझ ८ बजेदेखि बिहान ८ बजेसम्म डिजेल र पेट्रोलको वितरणमा रोक लगाउन यो योजना ल्याएका हुन् । यो योजनाअन्तर्गत नै तेल मन्त्रालयले यो महीनाको अन्त्यसम्ममा तेलको माग ३ प्रतिशत घटाउने ‘संरक्षण’ नीतिसमेत ल्याउने उनले बताएका छन् ।

तेल विक्रीमा लगाइने उक्त प्रतिबन्धका कारण तेलको मागमा आउने कटौतीले अनुमानित २ अर्ब ४० करोड डलर बाहिरिनबाट रोक्ने मोलीको भनाइ छ । उक्त योजनामा भारतीय रूपयाको अवमूल्यन र विदेशी मुद्रा सञ्चिति बाहिरिनबाट रोक्न थप विकल्प र उपायहरुसमेत रहेको बताइएको छ । ‘रातको समयमा पेट्रोलपम्पहरु बन्द गर्नु यसमध्येकै एउटा उपाय हो, तर यसबारे निर्णय गरिसकिएको छैन, प्रस्तावमात्र हो,’ मोलीले भने । भारतमा माग हुने इन्धनको करीब ८० प्रतिशत आयातबाट पूरा हुने गरेको छ । मुद्रास्फीति नियन्त्रण गर्न र गरीबीको रेखामुनि रहेका जनताको मद्दतका लागि डिजेल, खाना पकाउने ग्यास तथा मट्टीतेलमा सरकारले सहुलियत दिँदै आएको छ । सरकारको यही नीतिले बजेट तथा चालू खाताघाटा बढाउनुका साथै समग्र आर्थिक वृद्धिदरलाई समेत प्रभावित बनाइरहेको छ । सन् २०१३ को मार्चमा सकिएको आर्थिक वर्षमा मात्र सरकारले १६ खर्ब रूपयाबराबरको इन्धन सहुलियत उपलब्ध गराएको थियो । यसैबीच, भारतका ठूलो प्रतिपक्षी दल भारतीय जनता पार्टीले भने रातको समयमा पेट्रोलपम्प बन्द गर्ने योजनालाई अनौठो कदमको सङ्ज्ञा दिँदै यसको चर्को विरोध
गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)