ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोलिमर नोट प्रकरण : १० लाख धरौटी बुझाएर पूर्वगभर्नर रावल थुनामुक्त

Jan 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
माघ ७, काठमाडौं । पोलिमर नोट प्रकरणमा पूर्व गभर्नर तिलक रावल बिशेष अदालतले मागेको १० लाख रुपैयाँ धरौटी राखी थुनामुक्त भएका छन् । अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय रत्नबहादुर वागचन्द तथा प्रमोद कुमार वैद्य श्रेष्ठको इजलाशले रावलसँग १० लाख रुपैयाँ धरौटी माग गरेको हो । रावलले १० लाख रुपैयाँ नगदै राखी थुनामुक्त भएको बिशेष अदालतका रजिष्टार भीम कुमार श्रेष्ठले जानकारी दिएका छन् । धरौटी रकम नबुझाएको खण्डमा रावललाई थुनामा राख्ने आदेश भएको थियो । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट प्रकरणमा जनही ९१ लाख रुपैयाँ भ्रष्टाचार भएको दावी गरी रावलसहित तीन जना विरुद्ध पुस ५ गते बिशेष अदालतमा मुद्दा दायर गरेको थियो । रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मे फ्लावर कम्पनी लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेले १० रुपैयाँको ५ करोड थान नोट छाप्दा भ्रटाचार गरेको बिशेष अदालतले आरोप लगाएको हो । बिशेष अदालतले मुद्दा दायर गरेको जानकारी सहित आरोपित तीन जनाको घरमा अदालतमा उपस्थित हुनका लागि म्याद पठाएको थियो । सो बमोजिम डा. रावल सोमवार बिशेष अदालतमा उपस्थित भएका हुन् । उनलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने सम्बन्धमा सरकार र आरोपीका कानून व्यवसायीबीच अदालतमा सोमवार बहस भएको थियो । रावल सोमवार अदालतमा उपस्थित भएपनि अन्य दुई जना आरोपित भने हाजिर भएका छैनन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)