ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्वजनिक शेयर निष्कासन : स्थानीयका लागि पनि आस्बा

Jan 22, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । उद्योग र आयोजना प्रभावित स्थानीय बासिन्दाले पनि अब प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आस्बा प्रणालीमार्फत किन्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि ऐच्छिक रूपमा यसरी आवेदन दिनसकिने व्यवस्था गरेको हो । यसका लागि बोर्डले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको बताएको छ । यसअघि स्थानीय वासिन्दा बाहेकका हकमा यस्तो व्यवस्था काठमाडौं उपत्यकामा २०७३ माघदेखि र देशभरि २०७४ साउनदेखि अनिवार्य रूपमा लागू गरिएको थियो । स्थानीयले दरखास्त दिन बेहोर्नु परेको झन्झट, धितोपत्र बाँडफाँटपछि शेयर नपरेको रकम फिर्ता लिनका लागि परेको कठिनाइ र प्रमाणपत्र लिन विक्री प्रबन्धकले तोकेको केन्द्रमा जानुपर्ने अवस्थाको अन्त्यका लागि यस्तो व्यवस्था लागू गर्न लागिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार आस्बा अनिवार्य गर्दाको समयमा सबै स्थानीय निकायमा वित्तीय पहुँच नपुगेकाले प्रभावित स्थानीय वासिन्दाका हकमा लागू गर्न सकिएको थिएन । तर, अहिले ७ ओटै प्रदेशका सतहत्तरै जिल्लामा वित्तीय पहुँच पुगिसकेकाले यो व्यवस्था लागू गर्न लागिएको बोर्डले स्पष्ट पारेको छ । आस्बा प्रणालीमा डिम्याट अनिवार्य भएकाले यस व्यवस्थाबाट बोर्डको ‘एक नेपाली एक डिम्याट खाता’ अभियानलाई सहयोग पुग्ने बोर्डको अपेक्षा छ । के हो आस्बा प्रणाली ? सार्वजनिक निष्कासनमा धितोपत्र खरीद गर्न आवेदन दिँदा लगानीकर्ताहरूको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा आवेदन बराबरको रकम रोक्का राखी धितोपत्र बाँडफाँटपछि बाँडफाँटमा परेको धितोपत्र बराबरको रकम मात्र खाताबाट खिच्ने प्रणाली आस्बा प्रणाली हो । यस प्रणालीमा धितोपत्र खरीदका लागि आवेदन दिनेले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा तोकिएको ढाँचामा धितोपत्र खरीद तथा रकम रोक्काका लागि निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि बैंक तथा वित्तीय संस्थाले आवेदन बमोजिमको रकम रोक्का राखी सोको जानकारी लगानीकर्तालाई उपलब्ध गराउँछ । धितोपत्र बाँडफाँट भएपछि धितोपत्र पाउने लगानीकर्ताहरूको खाताबाट निष्कासनकर्ता कम्पनीको खातामा रकम हस्तान्तरण हुने र शेयर नपाएको अवस्थामा लगानीकर्ताको रोक्का भएको रकम फुकुवा हुने व्यवस्था मिलाइएको हुन्छ । यसका लागि हितग्राही खाता अनिवार्य गरिएको छ ।
नीरज गिरी, प्रवक्ता, नेपाल धितोपत्र बोर्ड गत आर्थिक वर्षदेखि नै आस्बा प्रणाली अनिवार्य गरिए पनि सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच नपुगेको हुँदा त्यसबेला स्थानीयका लागि आस्बा प्रणाली लागू गरिएको थिएन । अहिले सबै स्थानीय तहमा वित्तीय पहँुच पुगेकाले लागू गर्न लागिएको हो । स्थानीयका लागि शेयर जारी गर्दा पछिल्लो समयमा पूर्ण आवेदन नपर्ने अवस्था ध्यानमा राखेर बोर्डले यो व्यवस्था लागू गरेको हो । यसबाट धितोपत्रको सार्वजनिक निष्कासन थप लगानीमैत्री बन्नेछ । ध्रुव तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ क्यापिटल स्थानीयले पनि आस्बामार्फत आवेदन गर्न पाउने भएपछि हाल देखिएको स्थानीयका लागि निकालिएको शेयर विक्री नहुने समस्या केही हदसम्म कम हुने अपेक्षा गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थामार्फत रकमान्तरण हुने हुनाले अन्य जोखिमको सम्भावना पनि रहँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा ३ वर्षसम्म प्रमाणपत्र बोक्नुपर्ने झन्झट अन्त्य हुनेछ । साथै, हामी विक्री प्रबन्धकको काम पनि केही सहज हुनेछ । अम्बिकाप्रसाद पौडेल, अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम यो प्रयास सराहनीय छ । यस व्यवस्थाले नेपालका कुनाकाप्चाका स्थानीय बासिन्दाको पनि पूँजीबजारमा सहज तरीकाले पहुँच पुग्नेछ । कुनै पनि प्रविधिको प्रयोग गर्न शुरूमा असहज भए पनि सबै स्थानीय निकायमा बैंक तथा वित्तीय संस्थाबाट यो सेवा पाउने हुनाले आम जनमानसमा वित्तीय साक्षरता पनि बढ्नेछ । साथै, स्थानीयको लगइन पिरियडसम्म डिम्याट (हितग्राही) खाता नवीकरण शुल्क मिनाहा गर्ने व्यवस्थाबाट पनि लगानीकर्ताको आकर्षण झन् बढ्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)