ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिमा गोल्यान समूहको लगानी : २०९ बिघामा अर्गानिक खेती

Jan 22, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
झापा । धागो र प्लास्टिकजन्य वस्तुमा ठूलो लगानी गरिसकेको गोल्यान समूहले अर्गानिक कृषिवस्तु उत्पादनका लागि लगानी गरेको छ । त्यसका निम्ति समूहले झापामा मात्रै २ सय ९ बिघा जग्गा किनेर कृषिजन्य वस्तुको उत्पादन थालेको हो । गोल्यान समूहका अध्यक्ष पवन गोल्यानका अनुसार त्यसका लागि झापाका मदरगाछ, चकचके, घेराबारी, रंगपुर लगायत स्थानमा जग्गा किनेर ‘पाइलट प्रोजेक्ट’का रूपमा काम थालिसकिएको छ । जग्गा खरीदमा मात्र रू. ६० करोड लगानी गरिएको उनले जानकारी दिए । अग्र्यानिक कृषिजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले एसबीआई बैंक र जनता बैंकको सहयोगमा समूहले उक्त काम थालेको हो । सो जग्गामा मेवा, खर्बुजा, कागती लगायत फलफूलका बिरुवा रोप्ने तथा अदुवा, प्याज, काउली, बन्दागोभी आदि तरकारीको उत्पादनमा जोड दिइएको छ । अहिले झापालाई कृषि पकेट क्षेत्र बनाउने र यो क्रमलाई मुलुकभर विस्तार गर्ने गोल्यान समूहको तयारी छ । यो प्रोजेक्टमा गोल्यान समूह अन्तर्गतको जयन्त गोल्यान फाउन्डेशन र सेल्टर (आश्रय) नेपाल सहभागी छन् । गोल्यान समूहले विषादीयुक्त वस्तुहरूको आयात पछिल्लो समय निकै बढेको भन्दै यसलाई नरोकी आत्मनिर्भर बन्न नसकिने बताएको छ । समूहका अध्यक्ष पवन गोल्यानले भने, ‘विषादीयुक्त वस्तुको प्रयोगले आम जनताको स्वास्थ्यमाथि ठूलो असर गरिरहेको छ, त्यस्ता वस्तुको आयात रोकी हामी आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्छ ।’ उनका अनुसार केही समयभित्रै खेतीलाई विस्तार गरी १ हजार बिघा जग्गामा कृषिजन्य वस्तुको खेती गर्ने र उत्पादित वस्तु देशभर पुर्‍याउने गरी समूहले काम गरिरहेको छ । तत्काल कृषि आयात घटाउने र निकट भविष्यमा अर्गानिक कृषि वस्तुलाई विभिन्न देशमा निर्यात गरी व्यापारघाटा घटाउने लक्ष्य सो समूहको छ ।
पवन गोल्यान, अध्यक्ष, गोल्यान समूह मुलुक कृषि प्रधान भए पनि यसतर्फ आकर्षण बढेको छैन । मुलुकमा विषादीयुक्त कृषिजन्य वस्तुको आयात बढ्दो छ । उत्पादित वस्तुले बजार पाएको छैन । विदेशबाट आयातित विषादीयुक्त फलफूल, तरकारी रोकेर सरकारले त्यस्ता वस्तुहरूमा आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्नेतर्पm ध्यान दिनुपर्छ । कृषिमा कम लगानी हुँदा विषादीयुक्त वस्तुको आयातले प्रश्रय पाइरहेको छ । अब सबै तिरबाट कृषिमा लगानी बढाई आत्मनिर्भर बन्नुपर्छ । त्यससँगै निर्यात गरी व्यापारघाटा कम गर्न लाग्नुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)