ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंका ४ नयाँ नगर : भदौभित्र डीपीआर

Jan 23, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
  • ‘प्रस्तावित नगर क्षेत्रमा कित्ताकाट खुला गरिएको छैन’
  • डीपीआरपछि प्रभावित घरधनीलाई ‘अस्थायी पुर्जा’
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका चार दिशामा बनाउने भनिएका चार नयाँ शहरको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) आगामी भदौसम्ममा तयार हुने भएको छ । त्यसका लागि कुल १ लाख ३० हजार रोपनी क्षेत्रफलको सम्भाव्यता अध्ययन गरिसकिएको बताइएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार भदौसम्ममा डीपीआर बनिसक्नेछ । ल्यान्ड पुलिङ –जग्गा एकीकरण) अवधारणाअनुसार विकास गरिने ती शहरमध्ये ३० हजार रोपनी क्षेत्रफलको डीपीआर असारसम्म र १ लाख रोपनीको डीपीआर भदौसम्ममा तयार गरिसक्ने प्राधिकरणका शहरी योजनाकार भागवतभक्त खोखालीले जानकारी दिए । नयाँ शहरको सम्भाव्यता र स्थलगत अध्ययन सम्पन्न भइसकेको उनले बताए । उनले भने, ‘चार नयाँ शहरको अध्ययनको सबै काम असारदेखि भदौसम्ममा सक्ने गरी काम अघि बढेको छ ।’ अहिले काठमाडौं–उत्तरको १० हजार रोपनी जग्गासम्बन्धमा देखिएको समस्यालाई समाधान गरी अध्ययनका सबै काम सक्ने तयारी गरिएको उनले जानकारी दिए । तीनओटा परामर्शदाताले चारओटा प्याकेजमा स्थलगत तथा सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेका छन् । खोखालीका अनुसार डीपीआर बनिसकेपछि प्रभावित लाभग्राही तथा घरधनीलाई अस्थायी पुर्जा दिइनेछ र त्यसपछि उनीहरूले भवन तथा अन्य भौतिक पूर्वाधार बनाउन पाउनेछन् । यो प्रक्रिया भने जग्गा अधिग्रहण गरेपछि मात्रै शुरू हुने उनले बताए । प्राधिकरणका अनुसार जग्गा अधिग्रहणमा समस्या नहुने स्थानका घरधनी तथा प्रभावितले अस्थायी पुर्जा पाएपछि निर्माणको काम अघि बढाउन सक्नेछन् । नयाँ शहर निर्माण गर्न ब्लक बनाएर ल्यान्ड पुलिङबाट जग्गा विकास गर्ने तयारीमा रहेको प्राधिकरणले तत्कालका लागि समस्या नभएका सम्भावित स्थानका घरधनीलाई यस्तो पुर्जा उपलब्ध गराउनेछ । खोखालीका अनुसार ती नयाँ शहरले ढाक्ने क्षेत्रमा जग्गाको कित्ताकाट खुला गरिएको छैन । शहरी विकास मन्त्रालयले २०७४ वैशाख २४ गते काठमाडौं उपत्यकाका चार दिशामा चारओटा आधुनिक तथा व्यवस्थित शहर विकास गर्ने घोषणा गरेको थियो । त्यसपछि शहरका लागि छुट्याइएको क्षेत्रमा ३ वर्षका लागि जग्गाको कित्ताकाट गर्न रोकिएको छ । मन्त्रालयले ती ४ नयाँ नगरको विकास गर्दा १० वर्षभित्रमा सार्वजनिक र निजीक्षेत्रबाट रू. ६ खर्ब ५० अर्ब लगानी हुने प्रारम्भिक प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । काठमाडौं उपत्यकाभित्र व्यवस्थित शहरीकरण गरी शहरी बनोटमा सुधार, खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षण, संवर्द्धन लगायत लक्ष्य राखेर नयाँ नगरको अवधारणा सार्वजनिक गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)