ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकाता बन्दरगाहमार्फत हुने नेपाली आयातको कागजी प्रक्रिया फेब्रुअरी १५ देखि हट्ने

Jan 23, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
माघ ९, वीरगन्ज । तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै नेपालका लागि आउने सामानको ढुवानीमा कागजी प्रक्रिया हटाइने भएको छ । आउँदो फेब्रुअरी १५ तारीखदेखि कोलकाता बन्दरगाहबाट रेलमार्पmत हुने ढुवानीमा यस्तो व्यवस्था लागू गर्न लागिएको हो । भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) नेपालका लागि आउने सामानमा यो सुविधा दिन सहमत भएको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूले बताए । सीबीआईसीका अधिकारीहरूले कोलकातामा ट्रान्ससिपमेन्टबारे बुधवार औपचारिक जानकारी दिएको सहसचिव सैंजूले बताए । उनले आर्थिक अभियानसित भने, ‘सीबीआईसीले निर्देशन दिइसकेको छ । अबको १÷२ दिनमा कोलकाता भन्सारले यसबारेमा सूचना निकाल्छ ।’ पहिलो चरणमा रेलमार्पmत हुने ढुवानीमा यो व्यवस्था लागू हुने वाणिज्य मन्त्रालयले बताएको छ । सडकबाट हुने ढुवानीमा समेत यसलाई लागू गर्ने योजना रहेको सहसचिव संैजूको भनाइ छ । नेपालले कोलकाता बन्दरगाहलाई ट्रान्जिटका रूपमा मात्र प्रयोग गरेकाले त्यहाँको भन्सारमा पूरा गर्नुपर्ने कागजी प्रक्रिया हटाइनुपर्ने माग नेपालको थियो । कोलकाता बन्दरगाहमा कागजी प्रक्रिया हटाइएपछि स्वदेशी आयातमा लाग्दै आएको जरीवाना र अनपेक्षित खर्च कटौती हुने नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवाहन समितिका संयोजक अशोककुमार टेमानीको दाबी छ । यो व्यवस्था लागू भएपछि कोलकातामा हुने कागजी प्रक्रिया सीमावर्ती भारतीय भन्सारमा हुनाले आयातको लागत कम हुने अपेक्षा आयातकर्ताको छ । भारतको आन्ध्र प्रदेशस्थित विशाखापत्तनम् बन्दरगाहबाट यही प्रावधानअन्तर्गत कन्टेनर ढुवानी हुन्छ । कोलकातामै यो सुविधा उपलब्ध भएपछि वीरगन्जसम्मको ढुवानीमा ४ देखि ५ दिनमात्र लाग्ने सैंजूले बताए । अहिले १ महीनासम्म लाग्ने गरेको आयातकर्ता बताउँछन् । कोलकाताको तुलनामा दोब्बर दूरीको विशाखापत्तनम्बाट हिँडेको रेल ९ देखि १० दिनमा वीरगन्ज बन्दरगाहमा आइपुग्ने गरेको छ । नयाँ व्यवस्था लागू भएपछि तेस्रो मुलुकबाट बन्दरगाहमा आइपुगेको कन्टेनर सीधै रेलमा लोड गरिन्छ । अहिले ८ प्रकारका कागजात पेश गर्नुपर्ने र करीब २ दर्जनजति टेबलमा हस्ताक्षर गराउनु परेको आयातकर्ता बताउँछन् । यसबाट आयातमा समय र खर्च बढी परिरहेको छ । कोलकातामा काम गर्ने आयातकर्ताका एजेन्ट (सीएचए) पनि आवश्यक नपर्ने भएको छ । कोलकाताका सीएचएको सिन्डिकेट नेपालको आयातमा खर्च बढ्नुको मुख्य कारण मानिएको छ । नेपालको समुद्रपारको अधिकांश आयात÷निर्यात कोलकाता बन्दरगाहबाट हुन्छ । पछिल्लो समय निजीक्षेत्रबाट सञ्चालित विशाखापत्तनम् बन्दरगाह प्रतिस्पर्धीका रूपमा अगाडि आएपछि कोलकाता बन्दरगाहले सेवा गुणस्तर सुधारमा ध्यान दिएको छ । ९ महीनाअघि इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (ईसीटीएस) लागू गरेको थियो । तर, त्यहाँका सीएचएको अवरोधका कारण अहिले यो प्रविधि बन्द छ । कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकाता बन्दरगाहलाई अनलाइनमा आधारित बनाएर ईसीटीएस प्रविधि सुचारु गर्ने पहल भइरहेको बताए । अनलाइन प्रविधिबाट बन्दरगाह व्यवस्थापन, भन्सार र आयातकर्ताले अनलाइनबाटै कन्टेनरको अवस्था पत्ता लगाउन सक्ने बताइएको छ । यसबाट ढुवानीको खर्च अझ कम हुने अपेक्षा आयातकर्ताको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)