ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी लाइफ इन्स्योरेन्स : माघ २७ देखि व्यावसायिक कारोबारको तयारी

Jan 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्सले बीमा समितिबाट इजाजतपत्र पाएपछि सञ्चालनको तयारीलाई तीव्रता दिएको छ । कम्पनीले गत माघ १ गते समितिबाट इजाजतपत्र पाएको थियो । इजाजतपत्र प्राप्त गरेसँगै कम्पनी माघ २७ गतेदेखि व्यावसायिक कारोबार शुरू गर्ने तयारीमा जुटेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले माघ २७ गतेदेखि व्यावसायिक कारोबार शुरू गर्ने आर्थिक अभियानसँँग बताए । साथै, माघ २७ गते नै बजारको आवश्यकता अनुरूप तीनओटा नयाँ जीवन बीमा योजना सार्वजनिक गर्ने उनको भनाइ छ । उनले भने, ‘हाल त्यस्ता बीमा योजना सम्बन्धी अध्ययन भइरहेको बताए । बजारमा प्रचलनमा रहेकाभन्दा पृथक् बीमा योजनासहित व्यावसायिक कारोबार शुरू गर्छौं ।’ यस्तै, कम्पनीले आगामी असार मसान्त (५ महीना) सम्ममा रू. ५० करोड बराबरको बीमाशुल्क आर्जन गर्ने लक्ष्य लिएको छ । भट्टराईले भने, ‘पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न आफैमा चुनौतीपूर्ण छ । तर, अझै पनि ८६ प्रतिशत जनता बीमाको दायराभन्दा बाहिर भएकाले अवसर पनि छ ।’ त्यसैले कम्पनीको लक्ष्य अनुरूपको उपलब्धि प्राप्त हुने उनको विश्वास छ । कम्पनीको प्रधान कार्यालय काठमाडौंको कमलादीमा रहनेछ । कम्पनीले असारभित्र २५ ओटा शाखा कार्यालय स्थापना गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये पहिलो चरणमा चैतभित्र १३ स्थानमा शाखा स्थापना गर्ने बताइएको छ । त्यसका लागि बीमा समितिबाट स्वीकृति समेत लिइसकिएको कम्पनीले जानकारी दिएको छ । असारसम्ममा थप १२ ओटा शाखा विस्तार गर्ने कम्पनीको लक्ष्य छ । बीमा कम्पनीहरू प्रायः राजधानी र बजारमुखी भएकोमा महालक्ष्मीले राजधानीबाहिरका ठाउँलाई प्राथमिकतामा राखेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले व्यावसायिक कारोबार शुरू गरेको १ वर्षपछि रू. ६० करोड बराबर सार्वजनिक शेयर (आईपीओ) जारी गर्ने बताइएको छ । आईपीओ निष्काशन गर्न कारोबार शुरू भएको १ वर्ष हुनुपर्ने प्रावधान छ । आईपीओपछि कम्पनीको चुक्ता पूुँजी रू. २ अर्ब हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)