ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेरी तथा पोल्ट्री उद्योगलाई बढावा दिन माछा र बियरको प्रयोग

Sep 10, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कुखुराले कोलेष्ट्रोल फ्री तथा स्वास्थ्यवर्द्धक अण्डा दियो भने अथवा सस्तो पशुदानाको प्रयोगबाट गाईले ३० प्रतिशत अतिरिक्त दूध दियो भने के होला ? यो एउटा सोचको विषय हुन सक्छ । पशुपालनबाट कसरी बढीभन्दा बढी फाइदा उठाउन सकिन्छ भन्नेबारे किसानले धेरै उत्पादनमूलक उपायहरु अपनाउँदै आएका छन् । पशुहरुको दाना तथा खानपिनमा सक्दो ख्याल पनि राख्दै आएको पाइन्छ । भारतको डेरी तथा पोल्ट्री उद्योगले भने यसबारे नयाँ तथ्य फेला पारेको छ । उनीहरुका अनुसार माछाका हाडखोर तथा आन्द्राभुँडीलाई कुखुराको दानामा मिसाएर खुवाउँदा त्यसबाट उत्पादन हुने अण्डा बढी स्वास्थ्यवर्द्धक हुने गरेको पाइएको छ । त्यस्तै, ब्रुअरीबाट खेर जाने वस्तुलाई गाईको दानामा मिसाएर खुवाउँदा त्यसबाट उत्पादित दूध पनि बढी पौष्टिक हुने र दूधको मात्रामा पनि वृद्धि हुने भनिएको छ ।

यसको वैज्ञानिक कारण यस्तो छ । माछामा कोलेष्ट्रोलसँग लड्न शक्ति प्रदान गर्ने ओमेगा–३ को मात्रा प्रशस्त पाइन्छ । त्यसकारण कुखुराको दानामा माछाका हाडखोर र आन्द्राभुँडी मिसाउँदा कुखुराको पाचन प्रणालीबाट त्यो सीधा अण्डामा पुग्छ र त्यसले अण्डाको पहेँलो भागमा रहेको कोलेष्ट्रोललाई कम गर्न सहयोग पुर्‍याउँछ । यस्तो प्रकारको दानाको प्रयोगबाट उत्पादित कुखुराको मासु पनि बढी पौष्टिक हुने बताइन्छ । त्यस्तै, डेरी उद्योगका लागि भने ब्रुअरीबाट खेर गएका तङ्खव पोषकतङ्खवले भरिपूर्ण हुन्छ । बियर उत्पादन गर्दा अन्नको स्टार्चमात्र उपयोगमा आउँछ र बाँकी पौष्टिक पदार्थ त्यसै फालिन्छ । यस्तो पौष्टिक तङ्खव गाईवस्तुको दानामा प्रयोग हुने गरेको धानको बुटोजस्ता वस्तुमा पाइँदैन । बियर उद्योगको यस्तो उप–उत्पादनको लाभबारे जानकारी भएयता त्यसको माग पनि उल्लेख्य रुपमा बढेको विश्लेषकहरु बताउँछन् । यस व्यवसायमा लाग्नेहरुको व्यापार हरेक वर्ष फस्टाउने क्रममा रहेको उनीहरुको कथन छ । सस्तो मूल्य र राम्रो लाभका कारण यस्तो भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)