ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगार : कामदारको संख्या ४ वर्षदेखि निरन्तर ओरालो

Jan 27, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । विगत ४ वर्षदेखि वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या कम हुँदै गएको छ । आर्थिक वर्ष (आव) २०७०÷७१ देखि २०७५/७६ सम्मको पहिलो ५ महीनाको अवधि तुलना गर्दा यस्तो देखिएको हो । आव २०७०/७१ को ५ महीनामा १ लाख ७५ हजार नेपाली कामदार वैदेशिक रोजगारमा गएका थिए । त्यसपछि आव २०७१÷७२ को सोही अवधिमा वैदेशिक रोजगारमा जानेको कामदारको संख्या २८ दशमलव ६ प्रतिशतले बढेर २ लाख २५ हजार पुगेको थियो । तर, त्यसपछिका वर्षहरूमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या निरन्तर घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तै, राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार चालू आवको ५ महीनामा करीब ९३ हजार नेपाली वैदेशिक रोजगारमा गएका छन् । उक्त संख्या अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ४० दशमलव २ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा १ लाख ५५ हजार कामदार वैदेशिक रोजगारमा गएका थिए । अन्य वर्षको तुलनामा चालू आवको समीक्षा अवधिमा वैदेशिक रोजगारमा जानेको संख्या उच्च मात्रामा घटेको देखिन्छ । वैदेशिक रोजगारको सिलसिलामा नेपाली कामदार मलेशिया र कतारमा बढी जाने गरेका छन् । गत जेठदेखि नेपाली कामदारलाई मलेशिया जान रोक लगाइएको थियो । गत कात्तिकमा नेपाल र मलेशिया सरकारबीच श्रम सम्झौता भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपाली कामदार त्यहाँ जान पाएका छैनन् । सोही कारणले पनि चालू आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या उल्लेख्य रूपमा घटेको मेनपावर व्यवसायीहरू बताउँछन् । विप्रेषण आप्रवाहमा वृद्धि आव २०७१/७२ देखि आव २०७५/७६ सम्मको पहिलो ५ महीनाको अवधिलाई विश्लेषण गर्दा विप्रेषण आप्रवाह भने बढेको छ । गत आवको सोही अवधिमा झीनो रूपमा विप्रेषण आप्रवाह घटे पनि अन्य वर्षहरूमा भने बढेको छ । आव २०७१/७२ मा विप्रेषण आप्रवाह २ दशमलव ७ प्रतिशतले बढेको थियो । चालू आवको समीक्षा अवधिसम्म आउँदा यस्तो वृद्धिदर ३१ दशमलव ९ प्रतिशत पुगेको छ । उक्त अवधिमा रू. ३ खर्ब ७६ अर्ब ५९ करोड विपे्रषण नेपाल भित्रिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)