माघ १३, काठमाडौं । सिक्टा परियोजनामा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेका सरोजचन्द्र पण्डितसँग विशेष अदालतले ८० लाख रुपैयाँ धरौटी माग गरेको छ । सो अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार वैद्य श्रेष्ठ तथा नारायण पोखरेलको इजलासले ८० लाख रुपैयाँ धरौटी मागेको हो ।
विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले सो बराबरको रकम बैंक जमानी राख्नको लागि पण्डितले तयारी गरेका आर्थिक अभियानलाई जानकारी दिए । सिक्टा परियोजनामा करोडौं रुपैयाँ भ्रष्टाचार भएको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पण्डित आइतवार विशेष अदालतमा उपस्थित भएका थिए ।