ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले आधा दर्जन टिपर जलाए, मोरङको सुन्दर हरैचामा निषेधाज्ञा जारी

Jan 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
माघ १४, विराटनगर । टिपरको ठक्करबाट ११ वर्षीया वालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ । बालिकाको मृत्यु पछि आक्रोशित बनेका स्थानीयले आधा दर्जन बढी ट्रिपरमा आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले विराटचौकदेखि बेलेपुरसम्म निषेधाज्ञा जारी गरेको छ । सोमवार विहान बिराटचौकबाट सुन्दर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । बाटो काट्दै गरेकी बालिकाको टिपरको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । बालिकाको मृत्यूपछि आक्रोशित त्यहाँका स्थानीयले ठक्कर दिने टिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य टिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन् । घटनाले उग्र रुप लिएपछि विराटचौक–बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएका छन् । विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमवार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका बाबजुद स्थानीयले मृतक वालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । आधा दर्जन टिपरमा आगजनीको घटनापछि जिल्ला सुरक्षा समिति मोरङको आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मलाई निषेधाज्ञा घोषणा गरिएको बताइएको छ । निषेधाज्ञाको सूचना गराइएपनि स्थानीयले प्रदर्शनलाई भने जारी नै राखेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)