ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हेलिकोप्टर सोसाइटीले भन्यो : ‘फेक रेस्क्युमा हाम्रो संलग्नता छैन, बद्नाम नगर्नु’, सरकारी कार्यविधिमा के छ ?

Jan 29, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
माघ १४, काठमाडौं । विपद्मा नक्कली उद्धार (फेक रेस्क्यु) प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको हेलिकप्टर सोसाइटी अफ नेपालले दाबी गरेको छ । पर्यटकको स्वास्थ्य समस्या तथा अन्य विपद्को उद्धारको नाममा हुने गरेका कुनै पनि अनधिकृत क्रियाकलापमा यस संस्थाका सदस्यहरुको संलग्नता नरहेको सोसाईटीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताएका छन् । उनले हिमालमा उद्धार गर्ने एकमात्र विकल्प हेलिकोप्टर भएकाले पर्यटकीय सिजन शुरु हुने बेलामा हेलिकोप्टर कम्पनीहरुलाई पुनः लान्छना लगाउनु दुःखद भएको बताए । फेक रेस्क्युमा सोसाइटीमा आवद्ध हेलिकोप्टर कम्पनीको नाम जोडिएर आएपछि सोसाइटीले सोमवार पत्रकार सम्मेलन गरेर त्यस प्रकारका घटनामा आफ्ना सदस्यहरुको कुनै संलग्नता नरहेको जानकारी दिएको हो । उद्धार कार्यमा संलग्न सिमित व्यक्ति, संघसंस्थाको खराव आचरण व्यवहार र गैरकानूनी क्रियाकलापको कारण नेपालको पदयात्रा तथा पर्वतारोहणको क्षेत्र स्वदेश तथा विदेशमासमेत बद्नाम हुने तथा नकारात्मक असर पर्ने हुनाले यस विषयमा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको अध्यक्ष थापाले बताए । उनले भने, ‘पर्यटन व्यवसायमा संलग्न लाखौं नेपालीको लगानी डुव्ने, पेशा व्यवसाय संकटमा परी वेरोजगार बन्नुपर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा विभिन्न समस्याहरु उत्पन्न हुन सक्ने विषयहरुमा हामी संवेदनशील छौं ।’ हेलिकोप्टर कम्पनी सिधै उद्धारमा संलग्न नहुने, गाइड एजेन्सिको माध्यमबाट मात्र आफूहरु उद्धारमा जाने भएकोले बिचमा हुने चलखेलबारे आफूहरुलाई कुनै जानकारी नुहने थापाको दावी छ । देशको विभिन्न स्थानमा पदयात्रा पर्वतारोहणमा रहेका पर्यटकहरुलाई लेक लाग्ने, स्वास्थ्य तथा विपद्को अवस्था पर्दा समयमा जीवन रक्षाको लागि तत्काल उद्धार कार्य गर्ने उद्देश्यले सबै हेलिकोप्टर कम्पनीका दक्ष प्राविधिकलाई हाई अल्टिच्युड रेस्क्यु सम्बन्धी तालिम गराई उद्धार कार्य गर्दै आई रहेको सोसाइटीका महासचिव योगराज कंडेलले बताएका छन् । रेस्क्युको प्रक्रियामा हेलिकप्टर कम्पनीहरुले केवल उद्धार गर्ने काम मात्र हुने र सोही वापतको रकम सम्बन्धित आदेश गर्ने कम्पनीहरुबाट लिने गरेको उनले जानकारी दिए । बीमा कम्पनीहरुले हेलीकोप्टर अपरेटरहरुलाई सिधै उडान दिने नगरेको बताए । नेपालमा हुने पर्यटक उद्धारमा नक्कली उद्धार गरी रकम असुल्ने गरेको पाइएपछि सरकारले यस सम्बन्धी घटनाको अनुसन्धान गर्न कार्यदल बनाएर छानविन गरेको थियो । छानबिन समितको प्रतिवेदनको आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत भदौमा पर्यटक खोज, उद्धार उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ लागू गरेको छ । सरकारी कार्यविधिमा उद्धारको व्यवस्था कार्यविधिले साहसिक क्रियाकलापका क्रममा हुने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराएमा वा बेपत्ता भएमा तत्काल सम्बन्धित एजेन्सीले नै खोजी गर्नुपर्ने व्यवस्था गरेको छ । पर्यटकलाई सुरक्षित तवरले गन्तव्यमा पु¥याउने र फर्काउने दायित्व पनि सम्बन्धित एजेन्सी र पथप्रदर्शकको हुनुपर्ने व्यवस्था छ । एजेन्सी आफैंले खोज तथा उद्धार गर्न नसकेमा विपद्मा परेका पर्यटकको नाम, राष्ट्रियता, राहदानी नम्बर लगायतको विवरण सहितको सूचना पर्यटक प्रहरी तथा पर्यटन विभागलाई यथाशीघ्र दिनुपर्ने तथा थप उपचार आवश्यक देखिएमा सबैभन्दा नजिकको सुविधायुक्त अस्पताल वा स्वास्थ्य संस्थामा लैजानुपर्ने व्यवस्था छ । विपद्मा परेका पर्यटकको खोज, उद्धार तथा उपचारको प्राभवकारिता अनुगमन गर्न सरोकारवाला सङ्घसंस्थाको सहभागितामा पर्यटक खोज तथा उद्धार निर्देशक पर्यटन विभागको महानिर्देशक, निर्देशक समितिको संयोजक हुने व्यवस्था गरिएको छ । कार्यविधिले विदेशी बीमा कम्पनीका नेपालस्थित कुनै पनि एजेन्टले विपद्मा परेका पर्यटकको खोज, उद्धार तथा उपचारसम्बन्धी कुनै काममा संलग्न हुन नपाइने व्यवस्थासमेत गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)