ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैकल्पिक पदमार्गको खोजी : ७ प्रदेशका ३० ओटा वैकल्पिक पदमार्ग प्रस्ताव

Jan 29, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । चल्तीका पदमार्गहरू मोटर बाटोका कारण संकटमा परेपछि विकल्पका रूपमा नयाँ वैकल्पिक पदमार्गहरूको खोजी शुरू गरिएको छ । पर्यटन क्षेत्रसँग सम्बद्ध ट्रेकिङ संस्था तथा व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको सहकार्यमा वैकल्पिक पदमार्गको खोजी शुरू गरेका हुन् । ट्रेकिङ एजेन्सीस् एशोसिएशन अफ नेपाल (टान)ले सातओटै प्रदेशका पदमार्गहरूलाई समेट्ने गरी तत्कालका लागि एक एड्भेन्चर पर्यटन (सुनकोसी र्याूफ्टिङ) सहित ३० ओटा वैकल्पिक पदमार्गको छनोट गरेको छ । नेपालको पर्यटन क्षेत्र पदमार्गसँग जोडिएको भएको अवस्थामा अहिले पदमार्ग नै जोखिम अवस्थामा पुगेको ट्रेकिङ व्यवसायीहरू बताउँछन् । टानका अध्यक्ष नवराज दाहालले चर्चित तथा लोकप्रिय पदमार्गहरू सडक विस्तारका कारण संकटमा परेको बताए । उनले भने, ‘नेपालको पर्यटनको आधार नै पदमार्ग हो, नेपाल आउने पर्यटकको ठूलो अंश पदयात्राका लागि आउने गरेका छन् ।’ उनका अनुसार टानले अहिले छोटो समयमै सगरमाथा देख्न सक्ने र लुक्लामा उडानको समस्या हुँदा पनि छिटै विकल्प खोज्न रामेछाप–फाग्दिमलाई पदमार्गको रूपमा नयाँ ट्रेकिङ ट्रेलको अध्ययन थालेको छ ।’ उनले वैकल्पिक पदमार्गको खोजी गर्न आवश्यक भएकाले अहिले ३० ओटा पदमार्गको सूची तयार पारिएको बताए । अहिलेका चर्चित तथा लोकप्रिय पदमार्ग अन्नपूर्ण बेस क्याम्प, एभरेस्ट, लाङटाङ हुन् । सूचीमा रहेका ३० बाहेक बन्दीपुर हुँदै सेतीखोलाको बगर (धवलागिरि, अन्नपूर्ण, लमजुङ हिमाल, मनास्लु र गणेश हिमाल छोटो समयमै हेर्न सकिने) भएर ३/४ दिनमै फर्किन सक्ने भएकाले यसमा पनि अध्ययन थालिएको छ । कर्णालीको कस्तुरीमार्ग पनि छनोटमा परेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पनि यी नयाँ वैकल्पिक तथा नयाँ पदमार्ग छनोट गरिएको हो । पूर्वाधारको विकास गरियो भने पदमार्गका लागि नेपालका सबै क्षेत्र सम्भावनायुक्त भएको उनको तर्क छ । अन्नपूर्णमा वैकल्पिक पदमार्ग धेरै देखिएका छन् । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डमा वैकल्पिक पदमार्गको विषयमा प्रस्ताव पेश गरिएको टानले उल्लेख गरेको छ । स्थापित पदमार्गमध्ये केही सडक विस्तारका कारण छोटिएका छन् भने केही प्रयोगविहीन अवस्थामा पुगेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)