ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामाजिक सुरक्षा कोष : ६२५ सूचीकृत, २७२ लाई प्रमाणपत्र

Jan 29, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गर्न लागेको सामाजिक सुरक्षा कोषमा ६ सय २५ ओटा संस्था सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये २ सय ७२ ओटालाई सोमवार श्रम मन्त्री गोकर्ण विष्टले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरे । सामाजिक सुरक्षा कोषका अनुसार सूचीकृत हुनेमा चौधरी ग्रूप, गोल्छा ग्रूप, दुगड ग्रूप, आइएमई ग्रूप, जगदम्बा ग्रूपजस्ता ठूला औद्योगिक घरानाहरू रहेका छन् । यस्तै अन्नपूर्ण होटल, बालाजु औद्योगिक क्षेत्रका उद्योग, सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनी, पाटन औद्योगिक क्षेत्रका अधिकांश उद्योग, होटल, अस्पताल, स्कूल, कलेज, सरकारी तथा गैरसरकारी संस्था छन् । बाँकीलाई पनि चाँडै प्रमाणपत्र दिने तयारी भइरहेको मन्त्री विष्टले बताए । उनका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा सहभागी बचतकर्तालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रक्रिया समेत शुरू भएको छ । तर, कस्तो खालको प्रक्रिया हो त्यो भने उनले खुलाएनन् । सरकारले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा कोष लागू गर्ने घोषणा गरिसकेको छ । ठूला घरानाहरू योजनामा सूचीकृत भएसँगै आगामी दिनमा अन्य उद्यमी पनि क्रमिक रूपमा सहभागी हुने सरकारको विश्वास छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी काठमाडौं उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई मङ्सिर ६ देखि आगामी फागुन ६ गतेभित्र कोषमा सूचीकृत भइसक्न आग्रह गरेको थियो । सरकारले आगामी वैशाखसम्म सबै रोजगारदाता कम्पनी कोषमा सूचीकृत भइसक्नुपर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । योजनामा सूचीकरणका लागि प्रदेशगत समयसीमा निर्माण गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)